Thursday, December 11, 2025

बुधबारदेखि काठमान्डाैंमा नेकपा एसको केन्द्रीय कमिटीकाे बैठक बस्दै

काठमान्डाैं, पुष १० । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि (बुधबार) देखि काठमाडौंमा बस्दै छ । बैठकमा आउने महाअधिवेशनकाे विषयमा छलफल हुने छ ।

पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार बैठकमा देशभर पार्टी संगठनको  अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनेछ ।

१३ पुससम्म चल्ने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यकता अनुसार नेताहरूको जिम्मेवारी तोकिने भुसालले बताए ।आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उनले जानकारी दिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन र महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । विधान संशोधन गर्न आगामी १४  र १५ माघमा काठमाडाैंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ । शिलापत्र

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार