Wednesday, December 11, 2024
घरपर्यटनबुद्ध स्थलहरु विकास गर्न पञ्चवर्षीय परियोजना विस्तार हुने पर्यटन मन्त्रीः बस्नेत

बुद्ध स्थलहरु विकास गर्न पञ्चवर्षीय परियोजना विस्तार हुने पर्यटन मन्त्रीः बस्नेत

- Advertisement -spot_img

परासी, जेठ १० । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले बुद्धका स्थलहरुलाई विकास गर्नका लागि पञ्चवर्षीय परियोजना विस्तार गर्ने बताउनु भएको छ ।

रामग्राम नगरपालिकाले २५६८औं बुद्ध जयन्तीको अवसरमा रामग्राम स्तूपमा गरेको कार्यक्रममा बोल्दै पर्यटन मन्त्री बस्नेतले बुद्धसंग जोडिएको सबै स्थलहरु लाई विकास गर्नका लागि लुम्बिनी प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएको बताउनुु भएको छ । उहाँले भन्नु भयो, “संघिय सरकार, लुम्बिनी विकास कोष र स्थानीय सरकार संगको पहल र सहकार्यमा लुम्बिनी प्रदेश सरकारले रामग्राम स्तूप लगायतका बुद्ध स्थलहरु लाई विकास गर्न पञ्चवर्षीय परियोजना सञ्चालन गर्दैछ ।” नवलपरासी क्षेत्रका बुद्ध स्थलहरु लाई द्रुतगतिमा विकास गर्नका लागि आउने आर्थिक वर्षमा वजेट नै छुट्याएर काम गर्ने तयारीमा छौं उहाँले भन्नु भयो । यसैगरी बुद्धका विभिन्न स्थलहरुको विकास लागि तथ्य खोज्ने तिर लाग्न आवश्यक रहेको बताउनु भएको छ । कुनैपनि कामका लागि तथ्य नै ठुलो महत्व राख्ने भएकोले बुद्धका तथ्यहरु खोजौं मन्त्री बस्नेतले भन्नु भयो ।

रामग्राम नगरपालिकाका मेयर धनपत यादवले रामग्राम स्तूप विकासको अभावमा ओझेलमा परेको बताउनु भएको छ । स्तूपको ठुलो महत्व हुँदैहुदै पनि सम्बन्धित निकायहरुको ध्यान नपुग्दा ओझेलमा परेको भन्नु भयो । नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा खेल सप्ताह पनि मनाएको छ । क्रिकेट, फुटबल, भलिबल, कब्बडी लगायत विभिन्न खेल गर्दै नगरपालिकाले खेल र युवहरु मार्फत बुद्धको प्रचार प्रसार हुने बताएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्