Saturday, December 14, 2024
घरअर्थबुटवल उपमहानगर बनाएको १ करोडको फुटपाथमा केहि महिनामै भ्वाङ

बुटवल उपमहानगर बनाएको १ करोडको फुटपाथमा केहि महिनामै भ्वाङ

- Advertisement -spot_img

बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिका–११ मा निर्माण सम्पन्न भएको देवसिद्धचोक–रङ्गशालामार्गसम्मको फुटपाथ तथा नाली सम्पन्न भएको केही महिनामै भ्वाङ पर्न थालेको छ । भ्याटसहित १ करोड बढी लागतमा निर्माण गरिएको नाली तथा फुटपाथ भासिनुका साथै बीच–बीचमा भ्वाङ परेपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।

बुटवल उपमहानगरको १ करोड ८ लाख ८५ हजार ९५ रुपैयाँमा निर्माण भएको उक्त योजनामा निर्माण कम्पनीको लापरबाही भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । निर्माणको जिम्मा पाएको प्रतिप कन्स्ट्रक्सनको लापरबाहीले फुटपाथमा हिँड्ने पैदल यात्री दुर्घटनामा पर्ने जोखिम बढेको हो । २०७९ साल वैशाख ४ गते निर्माण सम्झौता भई २०८० वैशाख ३० गते सम्पन्न गर्ने मिति रहेको उक्त योजनामा सम्बन्धित निकायको ध्यान जान जरुरी स्थानीय बताउँछन् ।

फुटपाथमा निर्माण कम्पनीको कमजोरी मात्र होइन सडक छेउका स्थानीयहरुको समेत कमजोरी देखिएका छन् । उनीहरुले फुटपाथको जिर्ण बन्ने गरी विभिन्न निर्माण सामग्री राख्ने तथा पैदलयात्रुलाई समेत अबरोध हुनेगरी प्रयोग गर्दा समस्या देखिएको छ ।

स्थानीय युवा सन्दीप पौडेलले फेसबुकमा तस्विर सार्वजनिक गर्दै लेखेका छन्, –‘निर्माण सम्पन्न भैसकेको
बुटवल देबिनगर ‘देबशिद्धचोक–संगम चोक’ सम्मको सडक अवस्था, सम्बन्धित निकाय कहा छ ?
के आधारमा सम्पन्नता दिईन्छ ? तथ्य जान्न मन छ ।’ ग्लोबलआवाज

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्