दमक, पुस १० गते । झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा बिरामीकाे मृत्युपछि तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गरी तोडफोड गर्न खोज्दा तनाव भएको बताइएको छ ।
बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई घुँडामुनि सुन्निएको समस्या लिएर सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचार गर्दा गर्दै बाँसकाेटाकाे मृत्युपछि अस्पतालकाे लापरवाहीले उनकाे मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहितकाे माग राख्दै प्रदर्शनमा उत्रेका छन् । मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफुहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताउनुभयो ।
बिरामी बाँसकाेटालाए इमरजेन्सीमा भर्ना गरी उपचार गर्दा दिनभर कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो, मृतकका भाइ बाँस्कोटाले बताएका छ्न् ।
यता घटनाकाे विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ । प्रहरीले सोमबार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा कडा बनाएको छ । स्राेत–गाेरखापत्र दैनिक अनलाइ