Sunday, March 16, 2025
घरअपराधबाल सुधारगृहबाट भागेका बन्दी दैलेखमा पक्राउ

बाल सुधारगृहबाट भागेका बन्दी दैलेखमा पक्राउ

- Advertisement -

खजुरा, असोज १२ गते । गत असोज ४ गते बाल सुधारगृह बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट भागेर फरार रहेका एक जना बाल बन्दी समातिएका छन् ।

उक्त दिन राती १० बजे बाल सुधारगृहमा बाल बन्दीका बिचमा आपसमा झडप हुँदा त्यहाँ बाट बालबन्दी भागेर फरार रहेका चार जनामध्ये एक जना बाल बन्दी दैलेखबाट समातिएका हुन् । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई पक्राउ गरेको हो ।

बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताउनुभयो ।

२ सय ५४ जना बाल बन्दी रहेको सुधारगृहमा यसपालिको झडपमा एक जना बाल बन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अलग राखिएको छ । उनीहरूलाई विभिन्न प्रहरी कार्यालयका एकाइहरूमा राखिएको जनाइएको छ । गोरखापत्र अनलाईन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्