चितवन, भदौं १७ । माडीको बाँदरझुलामा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
बाँदरझुलाको सगरमाथा विद्यालयमा पढाउने ४२ वर्षीय हरिबहादुर हरिजन पक्राउ परेका हुन् ।
उनले बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ । बलात्कारपछि बालिका रुँदै घर आएपछि परिवारले घटनाबारे जानकारी पाएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले बालिका नबोल्ने भएकोले छानबिनमा समस्या परेको बताइन् । बालिका अहिले माईती नेपालमा आश्रय लिइरहेकी छन् । Narayani online