Thursday, April 24, 2025
घरसमाजबालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’

बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’

- Advertisement -

परासी, माघ २८ । पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौति नै बनेको छ । लुम्बिनी प्रदेशभरि देखिएको तथ्यांक अनुसार पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौति रहेको छ ।

पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बालविवाह गर्ने तथ्यांकमा चौथो स्थानमा रहेको छ । यसैविच जिल्लाको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको छ । पालिका भित्र बालविवाह रोक्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको जनाएको छ । उक्त कार्यक्रम अन्तर्गत छोरी जन्मेपछि गाउँपालिकाले छोरीको नामा पैसा दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष गिता चौधरीले बताउनु भएको छ । पालिकाले बालविवाह रोक्न र शिक्षमा अभिप्रेरित गर्नका लागि छोरी जन्मेपछि उसको नामा पचिस हजार रुपैया उपलब्ध गराउँदै आएको उहाँले भन्नु भएको छ । तर गाउँपालिकाले केहि शर्त राखेको छ । जसमा पालिकाले एउटा कार्यविधि नै बनाएर अगाडि बढेको छ ।

गाउँपालिका उपाध्यक्षका अनुसार छोरी जन्मेको पैत्तिस दिन भित्र जन्मदर्ता गराईसक्नु पर्ने छ । त्यस्तै सुत्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आठ पटक सम्म स्वास्थ्य तथा गर्भ परिक्षण, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने, कक्षा १२ सम्म अध्ययन गराउनुपर्ने र दुई सन्तान मात्र भएको हुनुपर्ने छ । अध्ययन बाहेकका सर्तहरु पुरा गरेपछि ४५ दिन भित्रै गाउँपालिकामा आमावुवा मध्ये एक जना संरक्षकले कागजातहरु लिएर गाउँपालिकामा गएपछि पालिकाले खातामा पचिस हजार पैसा जम्मा गरिदिन्छ । र उक्त रकम २० वर्ष पछि मात्र निकाल्न मिल्ने प्रवधान रहेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्