Sunday, January 19, 2025
घरसुनवलबाबा बर्दगोरीयामा मेलाको तयारी तिव्र, दुई दिन मेला लाग्ने

बाबा बर्दगोरीयामा मेलाको तयारी तिव्र, दुई दिन मेला लाग्ने

- Advertisement -spot_img

परासी, भदौं ३१ । हरेक वर्ष तिजको अवसर पारेर लगाईने तिजको मेलाको सबै भईसकेको पुरा भएको मेला छ । सुनवल नगरपालिका वडा नं. ११ केरवानीमा रहेको बाबा बर्दगोरियामा मेलाका लगभग सबै तयारी पुरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

बाबा बर्दगोरीया मन्दीरमा भोलीबाट तिज मेला सुरु हुदैछ । भोली दर खाने दिन र पर्सि हरितालिका तिजको दिन गरी दुई दिन सम्म मेला लाग्ने छ । मेलाको आवश्यक तयारी पुरा भएको बाबा बर्दगोरिया धाम विकास संस्थाका सचिव लेखनाथ ढकालले बतचाए । बाबा बर्दगोरीया प्रतिको श्रद्धालुहरुको धेरै भिडभाड हुने भएकाले मेला व्यवस्थापनका लागी विभिन्न १२ उपसमिति बनाएर कामहरु भईरहेको छ । मेलाको आकर्षण बनाउनको लागि बाल उद्यान, कुस्ती प्रतियोगिता लगाएतका सहितको हुने छ ।

मेला हेर्नको लागि नेपाल सहित छिमेकि देश भारत बाट पनि श्रद्धालुहरु आउने गरेका छन् । मेलामा ५ लाख बढि श्रद्धालु सहभागि हुने अनुमान गरिएको छ । मेलामा सवारी साधनको व्यापक भिड हुने भएकाले पार्किङ्ग व्यवस्थापनका लागी टेन्डर नै आह्वान गरिएको थियो । सोहि अनुरुप १ लाख १६ हजार ७ सय ५० रुपैयाँमा सवारी पार्किङ्ग टेन्डर स्वीकृत भई पार्किङ्गको व्यवस्था गरिएको छ । बाबा बर्दगोरीया धाम विकास संस्थाले भोली र पर्सि मेलाका लागि हुने भिडभाडलाई मध्यनजर गर्दे भुमही चोकदेखि मन्दिरसम्म र सुनवल १३ बडेरा देखि मन्दिर जाने सडकमा कुनै पनि पार्किङ्ग, ठेला पसल व्यवस्था नगर्न अनुरोध गरेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्