नेपालगन्ज, चैत ४ । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरीमा बाघले आक्रमण गरपछि एक जना वृद्धको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बाँकेका अनुसारआफन्तको घरमा पाहुना आउनुभएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको बाघकाे आक्रमणबाट मृत्यु भएकाे हाे । कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा उनकाे शवलाइ बाघले खाएको अवस्थामा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले शर्माको शव आइतबार बिहान फेला परेको जनाउँदै शवको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिएको बताउनुभयो ।