Thursday, April 24, 2025
घरराजनीतिबागमतीमा मन्त्री आलेमगरद्वारा शपथ

बागमतीमा मन्त्री आलेमगरद्वारा शपथ

- Advertisement -

हेटौँडा, चैत २० गते । बागमती प्रदेशको मन्त्री परिषद् विस्तार गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द शर्माले नेकपा  नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई मन्त्रीमा नियुक्ति गर्नुभएको हो । 

आलेमगरलाई मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । मन्त्रालय पछि तोक्ने गरी आलेमगरलाई विना विभागीय मन्त्रीमा नियुक्ति गरिएको छ । आलेमगर दोस्रो पटक प्रदेश सभा सदस्य बन्नुभएको हो । 

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट मन्त्रीको सङ्ख्या तीन जना पुगेको छ । आलेमगर काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० (२) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो । Gorkhapatraonline

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्