Thursday, December 5, 2024
घरराजनीतिबहुलराष्ट्रवादको अभियानमा नेता महतो

बहुलराष्ट्रवादको अभियानमा नेता महतो

- Advertisement -spot_img

परासी, चैत्र २ । लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएका नेता राजेन्द्र महतो अहिले बहुलराष्ट्रवादको अभियानमा लाग्नु भएको छ । बहुलराष्ट्रिय राज्य स्थापनार्थका लागि राष्ट्रिय मुक्ति क्रान्ति भनेर अभियान नै चलाउनु भएको छ ।

यसैविच शुक्रवार पश्चिम नवलपरासीमा पत्रकारसंग भेटघाटमा बोल्दै नेता महतोले देशमा बहुलराष्ट्रवादको आवश्यकता रहेको बताउनु भएको छ । देशलाई एकल राष्ट्रवादले डुबाएको भन्दै छुटै अभियान लिएर हिड्ेको जानकारी गराउनु भएको छ । जसमा सबैको अधिकारलाई समेटिने उहाँले भन्नु भयो । नेपाल धेरै जात–जातीले बनेपनि अधिकार र पहिचानलाई कुण्ठित पारिएको बताउनु भएको छ । यसर्थ सबै जात–जाती र समुदायको अधिकारका लागि राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा लागेको नेता महतोले भन्नु भएको छ । उहाँले भन्नु भयो, ‘नेपाल बहुपहिचानवादी देश हो तर त्यो अनुसारको शासन रहेको छैन् ।’ देशमा पहिचान र अधिकारका लागि धेरै आन्दालेन र लडाई भयो तर त्यसले निकास दिन सकेन कारण हो एकल आन्दोलन । मधेश, थरुहट, आदिवासी जनजाती लगायत जतिपनि आन्दोलन भयो यो सबै कुनै पार्टी विशेषले बोक्यो र निकास दिन सकेन त्यसैले अहिले हाम्रो राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बहुलराष्ट्रिय अभियानले लिएर अगाडि बढेको नेता महतो ले बताउनु भएको छ ।

देशमा सुशासन र समृद्धिको नारालाई पुरा गर्न बहुलराष्ट्रियवाद ले मात्रै सम्भव भएको नेता महतोले बताउनु भएको छ । सबै समुदाय, धर्म जात–जाती र वर्गका पहिचान, सुशासन, समृद्धि तथा समाजिक न्यायका लागि सबै गोलबद्ध भएर अगाडि बढन आवश्यक रहेको उहाँले जिकिर समेत गर्नु भयो । उक्त अभियानका लागि पूर्वको झापा देखि पश्चिमको नेपालगंञ्ज सम्म जिल्ला– जिल्लामा भेटघाट गर्ने अभियान रहेको उहाँले बताउनु भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्