स्याङ्जा, कात्तिक १५ गते । स्याङ्जाको चापाकोट ७ मा श्रीमानले बन्चरो प्रयोग गरेर श्रीमतीको हत्या गरेका छन् । यहाँको खासा बस्ने ५० वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई हत्या गरेको घाँटीमा बन्चरो प्रहार गरेर हत्या गरेका हुन ।
श्रीमतीको हत्या गरी आफूले पनि घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रकृतिले देखिएको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।
बेलुका खाना खाएर सुतेका श्रीमान् र श्रीमती बिहान एक जना घरमा र एक जना रुखमा झुण्डिर मृत्यु भएको अवस्थामा भेटिएको हुन् । यसअघि बेलाबखत श्रीमतीसँग झैझगडा हुने गरेको र झैझगडाको कारण नै यो घटना घटेको अनुमान प्रहरीले गरेको छ ।
घटनाबारे केही आकलन गरे पनि यथार्थ घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाएको निरीक्षक यादवले बताए । गाेरखापत्र दैनिक अनलाइन