Thursday, January 16, 2025
घरअपराधबदलाको भावनाले गरिएकाे दुई निर्दोषको हत्या

बदलाको भावनाले गरिएकाे दुई निर्दोषको हत्या

- Advertisement -spot_img

परासी, चैत ५ । पश्चिम नवलपरासीमा समान्य विवादमा दुईजना निर्दोषको हत्या भएको छ । छिमेकीसंग भएको समान्य विवादमा बदला दिने भावनाले सुस्ता गाउँपालिका–३ मर्चहवामा अक्षयलाल चमार र उनको नाति गौचरण चमारको हत्या भएको छ ।

माघ २९ गते राति ६५ वर्षीय अक्षयलाल चमार (हजुरबुवा) र उनका नाति ९ वर्षीय गौचरण चमारको धारिलो हतियारले हत्या गरिएको थियो । घटनालाई फिल्मी शैलीमा घटाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार अचार्यले बताउनु भएको छ । हत्या गर्ने दुई जनालाई चैत ३ गते प्रहरीले पक्राउ गरि आईतवार सर्वाजनिक गरेको छ । उक्त घटनामा अपराधीहरु संग मृतक दुबैजनाको कुनैपनि विवाद नभएको एसपी आर्चायको भनाई छ । पक्राउ पर्ने सुस्ता गाउँपालिका ३ कै २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजन रहेका छन् । उनिहरु दुबै जनाको गाउँकै अन्य व्यक्तिसंग विवाद परेको थियो । तर हत्या भने निर्दोष एक वृद्ध र एक बालकको भएको छ । घटनाको मुख्य विषय मोटरसाईकल ढुङ्गा हानु रहेको छ । माघ २६ गते अजयले गाउँकै एक छिमेकीको मोटरसाईकलमा ढुङ्गा हानेर क्षति पुर्याउँछन् र विवाद प्रहरी सम्म पुग्छ । उक्त विवादलाई ईलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी परेपछि छलफल पश्चात मिलाईएको थियो । तर अजयले घट्ना वारे आफ्ना साथी चन्दनलाई सुनाएपछि उनि बदलना लिनुपर्छ भने र योजना समेत बनयो । तत्पश्चात उक्त विवाद भने हत्यमा परिणत भयो ।

चन्दन र अजयले मोटरसाईकल विवादमा बदला लिनका लागि हत्या नै गर्ने तयारी बनाएर भारतको विहार भैसालोटन बाट धारिलो हतियार (चक्कु) समेत किनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ । र माघ २९ गते बेलुका विवाद भएको (मोटरसाईकल मा ढुङ्गा हान्दा) व्यक्तिको मर्चहवा स्थित रहेको बालुवा गिट्टी स्टकमा (थुप्रो) अजय र चन्दन कुरेर (ढुकुवा) बसे । उनको उक्त कारोबारले ट्याक्टर लिएर आउँछन र त्यही बेला मार्ने तयारी ति दुईजना रहेको थियो । तर उनि नआएपछि उनको बालुवा गिट्टी स्टक रहेको ठाउँ नजिकै बस्दै आएका ति वृद्ध र तिनका नातिलाई मार्ने तयारी अजय र चन्दनको बन्यो सूचना अधिकारी बोहराले भन्नु भयो । तिनिहरु लाई मारेपछि विवाद भएको व्यक्तिलाई प्रहरीले समात्छ र हाम्रो बदला पनि पुरा हुन्छ उनिहरुको सोच थियो । हत्या भएपछि प्रहरीले छिमेकीलाई खोज्छ र यिनको कारोबार पनि यही छ प्रहरीले यिनलाई नै समात्छ भनेर ति दुई निर्दोषको हत्या गरिएको सूचना अधिकारी बोहराले बताउनु भयो । तर प्रहरीको अनुसन्धानले भने हत्या गर्ने अपराधीलाई नै समात्न सफल भएको छ ।

करिब एक महिनाको ठुलो अनुसन्धान पछि प्रहरीले हत्या गर्ने दुबैजनालाई समातेर ज्यान सम्बंन्धि कसुरमा मुद्धा समेत भएको छ । यस घनामा प्रहरीले उक्त गाउँकै करिब ४० जना व्यक्तिहरु लाई सोधपुछ पश्चात अपराधीहरु लाई समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्