Friday, March 21, 2025
घरअर्थबजेट अभावमा मर्मत भएन गण्डक जलविधुतको टर्वाइन

बजेट अभावमा मर्मत भएन गण्डक जलविधुतको टर्वाइन

- Advertisement -

परासी, वैशाख २४ । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत केन्द्ररको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन् । मुलुककै पुरानोमध्ययेको उक्त जलविद्युतमा पन्ध्र वर्ष देखि टर्वाइन विग्रिएको छ ।

प्रतापपुर गाउँपालिका– ७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत केन्द्रका उपकराहरु पुराना हुनुका साथै जीर्ण बन्दै गएको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा मर्मत र पूर्वाधार विकासको अभाव देखिएको छ । १५ मेगावाट विद्युत उत्पदान क्षमता भएको जलविद्युत् केन्द्र अहिले ४ देखि ५ मेगावाट सम्म विद्युत उत्पादन गरिरहेको छ । तीन वटा टर्वाइन भएको जलविद्युत केन्द्रेमा दुई टर्वाइनले मात्र विद्युत उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन विग्रेर थन्केको गण्डक जलविधुत केन्द्रका प्रमुख पिताम्बर भुषालले बताउनु भएको छ । उहाँका अनुसार बजेट अभावले गर्दा टर्वाइनको मर्मत नभएको हो । जिलविद्युत केन्द्रका विभिन्न उपकरणहरु पनि पुराना भएको छ । केही समय पहिला एउटा टर्वाइनले मात्र विद्युत उत्पादन गर्ने अवस्था थियो तर केही समय पछि आर्कोलाई पनि बनाएर अहिले दुईवटा टर्वाइनले विद्युत उत्पादन भईरहेको छ । विद्युत उत्पदानका लागि उक्त जलविद्युत केन्द्रमा पानीको मात्र पनि पर्याप्त छैन् । दुई देशको दुईपक्षिय समाझौता अनुसार पानीको मात्र घटाउने–बढाउने भारतिय पक्षको जिम्मामा रहेकोले हामिले पर्याप्त मात्रमा पानी नपाएको उहाँले गुनासो समेत गर्नु भएको छ । विद्युतका विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोत खोजि भईरहेको प्रमुख भुषालले बताउनु भएको छ ।

विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा अहिले उक्त जलविद्युत केन्द्र जीर्ण अवस्थामा छ । धेरै पुरानो प्रविधिका कारण क्षमतामा समेत ह्रास आएको गण्डक जलविद्युतका प्रमुख भुषालले बताउनु भएको छ । पुरानो उपकरण कै कारणले पनि भारतको विहार बाल्मिकी नगरबाट लिने विद्युतलाई पनि पुर्ण क्षमतामा लिन नसक्ने अवस्था रहेको उहाँले भन्नु भयो । त्यहाँको उपकरण र विद्युत भोल्टेजले हाम्रा पुराना उपकरणलाई जलाउन सक्ने समेत अवस्था रहेको भुषालले भन्नु भयो । यस्तै जलविद्युत केन्द्रका क्यानलमा सिल्ट (बालुवा) भरिएर पनि विद्युत उत्पादनमा समस्या भएको उहाँले जानकारी गराउनु भएको छ । गण्डक व्यारेज त्रिवेणीमा सिल्ट (बालुवा) थिग्राउने उपकरण भएपनि काम नलाग्ने अवस्थमा रहेकोले पनि क्यानलमा सिल्ट (बालुवा) भरिएको भन्नु भयो ।

अहिले गण्डक जलविद्युत केन्द्रमा रहेको उपकरणहरु लाई परिर्वतन गरि सुधार गर्नुपर्ने आवश्कता देखिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्