Saturday, March 15, 2025
घरराजनीतिबङ्करका विद्यार्थीसँग प्रमको संवाद

बङ्करका विद्यार्थीसँग प्रमको संवाद

- Advertisement -

काठमाडौँ, असोज २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपिन सुवेदीसँग संवाद गर्नुभएको हो। 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गर्न सरकार लागिपरेकाले नआत्तिन आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताउनुभएको थियो।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरायली दूतावाससँग पनि यसबारे नियमित छलफल भइरहेको उल्लेख गर्नुभएको थियो। उहाँले यी सबै कुरा त्यहाँ रहेका अन्य विद्यार्थीलाई पनि सञ्चार गरिदिन आग्रह गर्नुभएको थियो। यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उद्धारसँगै घाइतेको उपचार र मृतको शव ल्याउने व्यवस्था गर्न माग गर्नुभएको छ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्