परासी, चैत ८ । फागु (होलि) पर्व हरेक वर्ष पुर्णिमाको दिन मनाउने गरिन्छ । यस पर्वलाई माया प्रेमको पर्वको रुपमा लिने गरिन्छ । खासगरि फागुलाई मौलिकताको आधारमा व्याख्या गर्ने हो भने यसले धेरै नै महत्व बोकेको रहेको छ । तर पछिल्लो समय यसको महत्व हराउँदै गएको छ ।
आधुनिक रितिरिवाज तथा भड्किलो संस्कारले फागुमा मौलिकता हराएको पाईन्छ । तराई तथा मधेशमा फागु मनाउनका लागि होलिका (सम्मत) दहन गरिने र भोलि पल्ट अविर तथा विभिन्न रङ्गहरु खेलेर समाप्त गर्ने चलन रहेको छ । भने पहाडको होलिमा काठमान्डौंको बसन्तपुरमा दरबार अगाडि चीर–विशेषरुपले ठड्याईएको लिंगलाई ढालेर जलाएपछि फागु (होली) को रंग खेलेर यस पर्वलाई समाप्त भएको मानिन्छ । तर यो पर्वको विषयमा जे–जति व्याख्या गरेपनि एक–अर्कालाई सम्मान गर्ने र माया सदभाव कायम गर्ने हो । हिन्दु संसकार तथा संस्कृति अनुसार यसलाई ईतिहासमा त्रेता युग संग जोडेर बुढापाखाहरु ले कहानी समेत सुनाउने गरेका छन् । त्रेता युगमा भगवान विष्णुको परम भक्त प्रहलादलाई हिरण्यकश्यपका बहिनीले होलीका (प्रहलादकी फुफु) ले आगोमा जलाएर मार्न खोजेपछि आँफै आगोमा भष्म भएकी थिईन । र प्रहलादलाई केही नभएपछि सत्यको जित भएको र पापको हार भएको भनेर पनि होलीकाको नाममा होली पर्वलाई मनाउन थालिएको ईतिहासले बताउँछ । भने कतै राम बनबासपछि अयोध्यय फर्केको बेला खुशियाली मनाउन यो पर्वको शुरुवात भएको लिने गरिन्छ । हिन्दु धर्मको विभिन्न घटनाहरु लाई फागु संग जोडेको पाईन्छ ।
फागु (होली) मा हिन्दु धर्मको मौलिकता पनि जोडिएको छ । रङ्गहरु बाट खेल्ने पर्व भएकोले यसलाई रङ्गको पर्वको रुपमा पनि लिने गरिन्छ । यस पर्वमा युवा–युवतीहरु रंङ्ग अविरको साथमा गाउँदै बजाउँदै होली खेल्ने चलन पराम्परागत संस्कारमा हेर्न सकिन्छ । यसमा बुढापाखा पनि रमाउने गर्छन् । तर त्यसलाई आधुनिक रितिरिवाज र संस्कारले फागुको मौलिकता धरापमा पार्दै गएको गाउँको बुढापाखाले बताउनु हुन्छ । त्यति बेला मादल, हरमुनिया तथा झाल (एकप्रकारको बाजा) लाई लिएर गाउँको घर–घरमा पराम्परिक फागु गित गाउँदै यस पर्वलाई मनाईन्थ्यो । घरमा फागु गाउन आएका लाई मिठो खानेकुरा दिएर पानी र पैसा दिने चलन थियो । अहिले पनि गाउँघरमा कतैकतै यो चलन रहेको छ । यसैविच उनिहरु लाई पानीमा घोलेर राखिएको रङ्गलाई शरिरमा हाल्ने गरिन्थ्यो । तर अहिले भने बेलुनमा भरेर छ्याप्ने भलन रहेको छ । त्यति मात्र नभई रंङ्गमा अन्य कुरा मिसाएर रंङ्ग लगाउने गरेको पाईन्छ । जुन महिनौ सम्म छोड्दैन र छालालाई समेत असर पारेको हुन्छ । होलीका दहनको अवसरमा मनाईने फागु (होली) रंङ्ग र अविरले खुशियाली मनाउने पर्व पनि हो । तर पछिल्लो समय नसालु पेपदार्थ सेवन गरि झै–झगडा बढि हुने गरेको पाईन्छ । फागु (होली) मा पानी छ्याप्ने, अबिर, केशरी लगायतको रंङ्ग लगाउने पराम्परीक चलन हो । तर बर्तमान समयमा फागुले विकृति पनि उत्तिकै बढेको छ । आजकल फागुमा युवायवतीहरु ले ईच्छा विपरित रंङ्ग दल्ने, अविर लगाउने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाईदिने, रक्सी, गाँजा खाने र मातिनेले यो पर्वमा विकृति आएको देख्न पाईन्छ ।
फागुमा स–सानाले ठुलालाई अविर तथा रङ्ग लगाएर सम्मान गर्ने र ठुलाले सानालाई माया गर्ने यसको मुख्य रितिको रुपमा लिन सकिन्छ गाउँका मान्छेले भन्छन् । तराईमा एकदिन अगाडि देखि मिठो मिठो परिकार बनाउने चलन पनि रहेको छ । र फागुको दिन रङ्ग अविर खेलि दुस्मनी बिर्सेर एक–अर्काको गले मिल्ने तथा प्रेम सटासाट गर्ने चलन रहेको छ । यस पर्वमा मानिसहरु ले प्रेम र सद्धभाव सटासाट गर्ने गर्छन् ।