परासी, २५ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वाड नं. ९ बेलाटारीमा प्रहरी र विद्यार्थीहरु विच झडप भएको छ ।
झडमा प्रहरी तर्फ ७ जना र विद्यार्थी तर्फ ४ जना घाईते रहेका ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक श्याम प्रकाश यादवले बताए । त्रिभुवन क्याम्पसका विद्यार्थीहरु ले त्रिभुवन मावि विद्यालय बेलाटारी र त्रिभुवन क्याम्पस विचको विवाद्धलाई लिएर प्रतापपुर गाउँपालिका विरुद्ध विभिन्न नारा लगाउँदै कार्यालयमा प्रवेश गर्न खोजेपछि झडप भएको हो । गाउँपालिका अगाडि रहेको मोटरसाईकल तोडफोड गर्दै गाउँपालिका भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । सोही विच प्रहरीले विद्यार्थीहरु लाई तितरवितर गर्नको लागि लाठि चार्ज र ५ राउण्ड आँसु ग्यास पनि प्रहर गरेको प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले बताए ।
प्रतापपुर गाउँपालिका वडा नं. ९ मा रहेको त्रिभुवन क्याम्पस बेलाटारी अहिले क्युएए प्रक्रियामा रहेको छ । र सोही कम्पाण्ड भित्र त्रिभुवन मावि विद्यालय बेलाटारी पनि रहेको छ । यि दुबै विच लामो समय देखि विवाद चल्दै आएको छ । पछिल्लो समय प्लस टु (कक्षा ११ र १२) दिवा सत्र सञ्चलान गर्ने सरकरले नियमन गरेपछि उक्त कक्षा सञ्चालनको लागि विद्यालयको कक्षा कोठा नपुगेपछि विद्यालयले क्याम्पस कक्षा कोठा संग माग गरेको हो । विद्यालयकै नाम दर्ता रहेको जग्गामा क्याम्पस भवन रहेको छ । तर क्याम्पसले क्युएए प्रक्रियामा रहेकोले दिन नमिल्ने भन्दै विद्यालयलाई दिन आलटाल गरेको थियो ।
त्यसैविच कक्षा सञ्चालनका लागि हिजो गाउँपालिकाको निर्देशनमा नगरप्रहरी, वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समिति सहितको समूहले क्याम्पसको ताला काटेर कक्षा कोटा कब्जा गरेको हो । त्यही कुरालाई लिएर आज विद्यार्थीहरुले गाउँपालिका विरुद्ध नारावाजी गर्दै घेराउ गर्दा झडप भएको हो । यता प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले विद्यालयहरु गाउँपालिका अन्तर्गत पर्ने भएपछि उक्त कक्षा सञ्चालन गराउने दायित्व गाउँपालिकाको पनि रहेको जिकिर गरेका छन् । विद्यालयकै नाम दर्ता रहेको जग्गामा भारतिय दूतावासले भवन बनाएर विद्यालयलाई हस्तान्तरण पनि गरेको छ । तत्कालको लागि विद्यालयले ८ वटा कोठा क्याम्पस संग माग गरेको हो । तर केही राजनितिक व्यक्तिहरुको राजनितिक द्धोयसले गाउँपालिका विरुद्ध उचालेर आन्दोलन गर्न लगाईएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।
गाउँपालिका अगाडि राखिएको जिनि कारमा समेत आन्दोलनकारी विद्यार्थीहरु ले क्षति पुर्याएका छन् ।