Monday, December 9, 2024
घरस्थानीयप्रहरी र पशु क्वारेन्टाईनको सक्रियतामा पशुजन्य पदार्थको चोरि–पैठारीमा नियन्त्रण

प्रहरी र पशु क्वारेन्टाईनको सक्रियतामा पशुजन्य पदार्थको चोरि–पैठारीमा नियन्त्रण

- Advertisement -spot_img

परासी, जेठ ८ । पश्चिम नवलपरासीमा पछिल्लो समय पशुजन्य पदार्थको अवैध चोरि–पैठारी रोकिएको छ । प्रहरी र पशु क्वारेन्टाईनको सक्रियता बढेपछि चोरी–पैठारी रोकिएको हो ।

सोमवार सुरक्षा निकाय, पत्रकार र व्यवसायी संग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पशु क्वारेन्टाईन कार्यालय भैरहवाका प्रमुख डा. भक्त निउरेले प्रहरी र क्वारेन्टाईनको निगरानी बढेसंगै पशुजन्य पदार्थको अवैध चोरी–पैठारी रोकिएको बताउनु भएको छ । अवैत्र पैठारी रोक्नका लागि महिनेपिछे दश पटक सम्म अनुगमन समेत गरिएको उहाँले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख सुरेश पन्थीले भारतबाट हुने विभिन्न पशुजन्य पदार्थको अवैध चोरि–पैठारी रोकिए पनि अझै निगरानी बढाउन निर्देशन दिनु भएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र पशु क्वारेन्टाईनको निगरानी बढेपछि चोरि–पैठारीमा कमि आएको उहाँले बताउनु भएको छ । यसैगरी जिल्लाप्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार अचार्यले समातिएका कुखुराहरु लाई व्यवस्थापनमा चुनौति भएको बताउनु भएको छ । सार्वजनिक तथा खाली ठाउँमा ति पशुजन्य पदार्थलाई नष्ट गर्दा स्थानीयले खनेर घर लैजाने जस्ता चुनौतीहरु देखिएको एसपी अचार्यले बताउनु भएको छ । उहाँ भन्नु भयो, “प्रहरीले नष्ट गरेका पदार्थलाई स्थानीयले चोरी गरी लैजाने डरले हामि आफ्नै प्रहरी कार्यायल भित्र नष्ट गर्ने गरेका छौं तर पछि त्यो गन्हाउने हुनाले प्रहरीलाई बस्नै गाह्रो भएको छ ।” यस्तै पशुजन्य पदार्थ माथी प्रहरीको निगरानी बढेपनि स्थानीय जनप्रतिनिधिले अवैध पदार्थलाई पनि स्थानीय उत्पादन भनि सिफारि गर्दिएपछि नियन्त्रणमा चुनौती थपिएको एसपी अचार्यले भन्नु भएको छ ।


भारतीय बजार बजारबाट चोरि गरेर नेपाल भित्रिने सेतो अण्डा, कुखुरा, माछा र तयारी मासु लगायतका पदार्थहरु माथि कडाई गरिएको पशु क्वारेन्टाईन चेकपोष्टका प्रमुख डा. मनोज अधिकारीले बताउनु भएको छ । उहाँले भन्नु भयो, “प्रहरी संगै स्थानीयको सहकार्यमा अनुगमनबाट समातिएको पशुजन्य पदार्थहरु लाई नष्ट गर्ने कार्यहरु भईरहेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्