परासी, असोज १७ । ६८औं प्रहरी दिवस २०८० को अवसरमा प्रहरीले शैक्षिक समाग्री वितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ र जिल्ला प्रहरी कार्यालयको संयुक्त सहकार्यमा प्रहरीले शैक्षिक समाग्री वितरण गरेको हो ।
रामग्राम नगरपालिका वडा नं. १५ मा रहेको श्री जनता आधारभुत विद्यालय ननईमा शैक्षिक समाग्री वितरण गरिएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आथित्यता तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार आचार्यको सयुक्त सहकार्यमा प्रहरीले ९१ जना विद्यार्थीहरु लाई शैक्षिक समाग्री वितरण गरेको छ । उनिहरु लाई कापि, कलम, पेन्सील र इरेजर लगायतको शैक्षिक समाग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए । उक्त विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरु लाई वितरण गरिएको छ ।
यस्तै कार्यक्रममा स्थानिय जनप्रतिनिधी, पूर्व प्रहरी कर्मचारी र तिनको श्रीमती, उद्योगी व्यवसायी र स्थानिय बुद्धजिवि तथा समाजिक व्यक्तिहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।