Thursday, January 16, 2025
घरअपराधप्रहरी जवानलाई यातना दिएकोबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

प्रहरी जवानलाई यातना दिएकोबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

- Advertisement -spot_img

जनकपुरधाम, २७ असार । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई  यातना दिएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ । डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको हो । जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलिलाई निर्देशन दिइएको छ ।

गत सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो । पीडित प्रहरीका भाइ रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको विषयमा इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख भएपछि पाता कसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन् ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले भने उनले मादक पदार्थ सेवन गरी जथाभावी सर्वसाधारण र प्रहरी कर्मचारीलाई कुटपिट तथा दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिइ सम्झाइएको दाबी गरेका छन् । अनलाइन खबर

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्