Wednesday, April 23, 2025
घरअपराधप्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

- Advertisement -

सर्लाही, चैत ५ । सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन् । महतोले हरिपूर्वा नगरपालिका–५, का २१ वर्षीय शिवमकुमार यादवलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ७५ हजार रुपियाँ ठगी गरेको प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले बताउनुभयो । 

सार्वजनिक मुद्दामा धनुषा प्रहरीको नियन्त्रणमा रहेकी लक्ष्मीकुमारीलाई त्यहाँबाट हिरासतमुक्त भएपछि सर्लाही ल्याइएको हो । धनुषामा अदालतको आदेश अनुसार धरौटी रकम बुझाउन नसकेपछि महिलालाई कारागार चलान गरिएको थियो । 

कारागारमुक्त हुनासाथ सर्लाहीमा परेको उजुरीका आधारमा लक्ष्मीकुमारीलाई धनुषा प्रहरीसँग समन्वय गरी सर्लाही ल्याइएको डिएसपी राईले जानकारी दिनुभयो । सर्लाही प्रहरीले महिलाविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । 

महिलाले शिवकुमारलाई ठगी गरेको भनी हालसम्म एउटा मात्रै जाहेरी आएको र अन्य व्यक्तिलाई समेत ठगी गरेको हुनसक्ने आशङ्कामा सोधपुछ भइरहेको डिएसपी राईले बताउनुभएको छ । gorkhapatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्