काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाउनु भएकाे छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उहाँकाे विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा बहुमत सांसदको मत पाउनु भएकाे छ ।
हुँदा कुल २६८ मत खसेकामा प्रधानमन्त्री प्रचण्डले १५७ मत सहित विश्वासको मत प्राप्त भएको सभामुखले घोषणा गर्नु भएकाे छ। यस्तै प्रचण्डको विपक्षमा ११० मत र एक सांसद तटस्थ रहे ।