Saturday, December 14, 2024
घरकृषिप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी, केरा उत्पादनमा लागत घट्यो

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी, केरा उत्पादनमा लागत घट्यो

- Advertisement -spot_img

परासी, २७ असार । नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाले केरा किसानहरु को लागि केरा उत्पादनमा लाग्ने लागत मुल्यलाई घटाएको छ ।


उक्त कार्यक्रमले केरा उत्पादनमा किसानहरु ले लगाउँदै आएको लगानी खर्चलाई घटाएपछि केरा किसानहरु खुशि भएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर र सस्ता गाउँपालिकाको करिब १६८ विगहा क्षेत्रफलमा प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनालले केरा जोन अन्तर्गत कार्यक्रममा सञ्चालन गरेको छ । उक्त कार्यक्रम अनुसार केरा खेतिको लागत मुल्यमा साढे १४ रुपैया लगानी घटेको प्रतापपुर गाउँपालिका वडा नं. ६ को केरा किसान एवं केरा जोनका संयोजक बेचन कोईरीकाले बताउनु भएको छ । प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजना कायक्रमले केरा उत्पादनमा लाग्ने जम्मा लगानी २९ रुपैयमा १५ रुपैया मात्र किसानहरु ले व्यहोर्नु परेको कोईरीले भनु भएको छ । कोईरीले भन्नु भयो “यो कार्यक्रमको मुख्य उद्देश्य नै किसानको लागन मुल्य घटाउने हो जस अनुसार केराको विउमा अनुदान, सिचाँईको लागि मोटर सहितको बोरिङ्ग र भर्मि कम्पोष्ट उद्योगले गर्दा किसानहरुको लागत घटेको छ” । यसरी केरा किसानहरु लाई आफ्नो उत्पादनमा लगानी मुल्य घटेपछि उनिहरु ले केरा खेतिलाई झन विस्तार गर्ने बताएका छन् ।


त्यस्तै प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाका प्रमुख नाराण काफ्लेकाले पश्चिम नवलपरासीमा केरा जोन विकास कार्यक्रम संचालनमा रहेको बताउनु भएको छ । जस अन्तर्गत केरालाई व्यवसायिक र आधुनिकीकरण गरेर औधोगिकरण संग जोड्ने लक्ष्य रहेको भन्नु भएको छ  । उक्त कामलाई गत वर्ष देखि नै नवलपरासी पश्चिमको २ सय हेक्टर जग्गामा अगाडि बढाईएको प्रमुख काफ्लेले भन्नु भयो । प्रतापपुर गाउँपालिका को वडा नं. ६,७,८ र सुस्ता गाउँपालिकाको वडा नं. ४,५ मा उक्त कार्यक्रम चलिरहेको छ । जस्मा चक्लाबन्दीमा अधारीत केरा खेति, केरा उत्पादनको क्षेत्रफल विस्तार, भर्मि कम्पोष्ट उद्योग स्थापना र सिचाई पूर्वधारको विकास लगायतको कायक्रमहरु केरा जोनमा गरिएको परियोजनाका प्रमुख काफ्लेले भन्नु भयो । पछि केरा खेति विस्तार हुँदै गएपछि केराको सुपर जोनमा समेत जानका सकिने उहाँले भन्नु भयो । केरा किसानहरुको मुख्ख समस्याको रुपमा रहेको बजारिकणलाई पनि सहज बनाउनको लागि आवश्यक छलफल अगाडि बढाउने काफ्लेले भन्नु भएको छ ।


यता केरा किसानहरुको केरा उत्पादनमा लागत घटेपनि केरा संगको अन्य समस्याहरु जस्ताको तस्तै रहेको किसानहरु ले गुनासो गरेका छन् । प्रतापपुर गाउँपालिका वडा नं. ६ का केरा किसान उत्रिचन्द भरले मलखादको समस्या भएको बताउनु भएको छ । उहाँले केरामा आवश्यक मलहरु हाल्न नसकेर केरा पात्लो भएको बताउनु भयो । समयमा चाहिने आवश्यक विभिन्न मल र औषधीहरुको अभावमा केरा उत्पादनको तौल कम भएको केरा किसान भरले बताउनु भयो । यस्तै २२ विगहा क्षेत्रफलमा केरा खेति गर्दै आएका केरा किसान चन्द्रीका (संजय) कोहाँरले केरा उत्पादन गरेर केराको थोक व्यपारीहरु लाई केरा बेचेर आफ्नो पैसाहरु नपाएको बताउनु भएको छ । हामिले उत्पादन गरेको केरालाई काठमान्डौं पोखराका व्यपारीहरु लाई केरा बेचेर हाल सम्म पैसा नपाएको कोहारले गुनासो गर्नु भएको छ । उनिहरुले करिब ढेक करोड जति पैसा नवलरासीका किसानहरु लाई तिर्नु पर्ने छ जुन हाल सम्म नदिएको कोहाँरले भन्नु भयो । नवलपरासीका केरा किसानहरु संग केरा किनेका थोक व्यपारीहरुले पैसा नदिएपछि केरा किसानहरु को लगानी नै डुबेको केरा जोन संयोजक बेचन कोईरीको भनाई छ । त्यस्तै केरा बालीको लागि बिमाको जिम्मेवारी पाएको श्री प्रुडेन्सियल ई. कम्पनी लिमिटेडले केराको विमा नै गर्न नमान्ने केरा जोन संयोजक कोईरीले भन्नु भएको छ । केहि समय पहिला लगभग १५ जनाको विमा गरेको उक्त विमा कम्पनीले पछि यो हाम्रो नियमले नभेटेको भनेर विमाको पैसा फिर्ता गरेको कोईरीले गुनासो गर्नु भएको छ । आपतकालिन सेवाको लागि सरकारले व्यवस्था गरेपनि विमा कम्पनीले विमा नगर्दा केरा किसानको लागि एक चुनौति पनि रहेको कोईरीले भन्नु भएको छ ।


पश्चिम नवलपरासीमा पछिल्लो समय उँखु खेतिलाई छोडेर किसानहरु केरा खेति तर्फ आकर्षित भएका छन् । अहिले पश्चिम नवलपरासीमा करिब २२ सय विगहामा केरा खेति हुँदै आएको छ । नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाले किसानहरु लाई दिएको विभिन्न कार्यक्रमहरु ले पछि केरा खेति अझै विस्तार गर्न सकिने किसानहरु ले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाले केरा जोन मार्फत गत वर्ष देखि पश्चि नवलपरासीको प्रतापपुर र सुस्तामा सञ्चालन गर्दै आएको कार्यक्रमहरु लाई विभिन्न सरोकारवालाहरु संगै अनुगमन पनि गरेको छ । उक्त अनुगमनमा केरा किसानहरु को लागत मुल्य घटेपछि किसानहरु खुशि रहेको कुरा व्यक्त गरेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्