Tuesday, December 10, 2024
घरराजनीतिप्रधानमन्त्रीको आग्रहपछि रास्वपाका मन्त्री दिएनन् राजीनामा

प्रधानमन्त्रीको आग्रहपछि रास्वपाका मन्त्री दिएनन् राजीनामा

- Advertisement -spot_img

काठमान्डाैं, असार २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेकाहरूले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । राजीनामा दिनका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका उनीहरूले पदबाट तत्काल पदबाट राजीनामा नदिने निष्कर्ष निकाल्दै बाहिरिएका हुन् ।

यसअघि बुधबार बसेको रास्वपाको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोहीअनुसार रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिने भनिएको थियो । उनीहरू प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिनका लागि बालुवाटार पुगेका थिए ।

तर, प्रचण्डसँगको छलफलपछि उनीहरू राजीनामा नदिइ फर्किएका हुन् । स्रोतका अनुसार प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने तयारी गरेकाले सहयोग गर्न आग्रह गरेका थिए । सोहीकारण रास्वपाले त्यतिञ्जेल प्रधानमन्त्रीलाई सघाउने भएको छ ।

सरकारमा रास्वपाका तर्फबाट रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । त्यस्तै डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्