धुलिखेल, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गर्नुभएको छ । शुक्रबार काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा ल्याइएको पहिलो पटक रिफ्युलिङ प्रणालीको शुभारम्भ गर्नुभएको हाे ।
विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।
कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो । प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताउनुभयो ।