काठमान्डाैं, भदाैं ११ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदनमा सममति हुन सकेको छैन ।
गत ७ देखि १० फागुनमा गोदावरीमा भएको महासमिति बैठकले संशोधनसहित पारित गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको थियो । केन्द्रीय समिति बैठकमा महामन्त्रीहरूको प्रस्तावलाई लिएर संस्थापन समूहले चर्को आलोचना गर्दै आएको छ ।
खासगरी शर्माको प्रतिवेदनमा उल्लेख भएको एक्जिट पोलिसीलाई लिएर नेताहरू असन्तुष्ट छन् । उनले १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक सांसद बन्न पाउनुपर्ने प्रस्ताव गरेका छन् । तर, राष्ट्रपति २ पटक बन्न पाइने व्यवस्था संविधानमा नै उल्लेख गरिएको छ । महामन्त्री शर्माको प्रस्ताव संविधानविपरीत रहेका कांग्रेस नेताहरूको भनाइ छ ।
महामन्त्री थापाले कांग्रेस कार्यकर्तालाई रुखमा भोट हाल्न पाउनुपर्ने ग्यारेन्टीको प्रस्ताव गरेका छन् । यसमा पनि चुनावअघिको गठबधन गर्न निषेध गरिएको भनेर संस्थापन पक्ष चर्को सुनिएको छ । केन्द्रीय समिति बैठकमा आलोचना भएपछि प्रतिवेदन संशोधन गर्न लगाउने पक्षमा छन् सभापति शेरबहादुर देउवा ।
उनले महामन्त्रीद्वयलाई प्रतिवेदनको बारेमा छलफल गर्न ११ बजे निवास बुढानिलकण्ठ बोलाएका छन् ।