Sunday, March 16, 2025
घरअर्थप्रतापपुर गाउपालिकाको बजेट ७७ करोड

प्रतापपुर गाउपालिकाको बजेट ७७ करोड

- Advertisement -

परासी,७ असार । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले २०८०/८१ का लागि ७७ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।

आज बिहिवार प्रतापपुर गाउँपालिकाको १४ औं गाउ सभामा उपाध्यक्ष मान कुमारी चौधरीले ७७ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । जस अन्तरगत कृषि र पशु पालनमा २ करोड, आर्थिक बिकासको क्षेत्रमा ४ करोड, शिक्षा क्षेत्रमा ३ करोड ५० लाख, स्वास्थ्य क्षेत्रमा २ करोड, सामाजिक बिकास क्षेत्रमा ६ करोड ७२ लाख ५ हजार, बिपत व्यबस्थापनमा ३५ लाख, शुशासन तथा संस्थागत बिकासका क्षेत्रमा ४ करोड ७ लाख ७ हजार, कार्यालय व्यबस्थापनमा ११ करोड बजेट बिनियोजन गरेको छ ।

“हामी सबैको सार्थक प्रयास, प्रतापपुरको समग्र बिकास” भन्ने मुल नारालाई आत्मासाथ गर्दै निति तथा कार्यक्रम र बजेट ल्याइएको प्रतापपुर गाउँ पालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भयो । जस्मा कृषि र शिक्षामा विशेष जोड दिईएको छ । “किसानको उन्नती, प्रतापपुरवासीको प्रगती” भन्ने मुल नाराका साथमा कृषिलाई आधुनिक प्रणाली मार्फत व्यवसायीकरण गर्न अर्गानीक खेतीमा जोड दिने गाउँपालिका अध्यक्ष यादवले बताउनु भएको छ ।

शिक्षातर्फ गाउँपालिकाले विद्यालयहरु मर्ज गर्ने नीतिलाई अगाडि बढाने गाउँसाभा बाट जानकारि गराएको छ । “हाम्रो ईच्छा, प्रतापपुरमा प्रविधियुक्त बहुआयामीक शिक्षा” नाराका साथ प्रविधियुक्त शिक्षा सञ्चालन गरिने गाउँ सभामा भनिएको छ ।

अध्यक्ष यादवले “हामी सिमित स्रोत र साधनको बाडफाड गर्दै आधिकतम तवरले काम गर्न सकिने गरि निति कार्यक्रम र बजेट ल्याएका छौ बताउनु भयो। ” उक्त बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण, समपुरक अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड र शसर्त अनुदान समेत समावेश भएको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्ष २०७९÷८० को लागि भने नगरपालिकाले ५९ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्