परासी, असार ४ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिदैं १४औं गाउ सभा शुरु भएकोे छ ।
आ.ब. २०८०÷८१ को लागि गाउँपालकाले १२औ गाउँसभा लाई सोमवार उद्घाटन गर्दै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जस्मा कृषि र शिक्षामा विशेष जोड दिईएको छ । “किसानको उन्नती, प्रतापपुरवासीको प्रगती” भन्ने मुल नाराका साथमा कृषिलाई आधुनिक प्रणाली मार्फत व्यवसायीकरण गर्न अर्गानीक खेतीमा जोड दिने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भएको छ । कृषिलाई सफल बनाउनको लागि माटो प्रयोगशाला निर्माण र कृषक परिचय पत्र (कृषक कार्ड) लागू गरिने अध्यक्ष यादवले भन्नु भयो । खासगरी प्रतापपुर गाउँपालिका उँखु र केराको पकेट क्षेत्र हो । यस क्षेत्रमा उँखु किसानको लागि उखु हार्भेसटिङ्ग र कृषि टयाक्ट्रर खरिद कार्यविधि बनाएर सञ्चालन गरिने नीति तथा योजना रहेको छ । प्रतापपुर गाँउपालिका भित्र कृषि योग्य जग्गा बढि भएको हुनाले कृषिमा प्रथामिक्ता दिएको छ ।
यस्तै शिक्षातर्फ गाउँपालिकाले विद्यालयहरु मर्ज गर्ने नीतिलाई अगाडि बढाने गाउँसाभा बाट जानकारि गराएको छ । “हाम्रो ईच्छा, प्रतापपुरमा प्रविधियुक्त बहुआयामीक शिक्षा” नाराका साथ प्रविधियुक्त शिक्षा सञ्चालन गरिने गाउँ सभामा भनिएको छ । त्यस्तै माध्यामिक विद्यालयहरुमा प्राविधिक धारको शिक्षा सञ्चानलन गरिने र प्रतापपुरमा एउटा प्राविधिक शिक्षालयको स्थापना गर्ने कार्यक्रमा उल्लेख छ । विद्याथीर्, शिक्षक अनुपातका अधारमा शिक्षक दरवन्दी मिलान तथा कक्षा र विद्यालय मर्ज गर्ने नीति रहेको छ । विद्यालय समय शिक्षा भन्दा बाहिर रहेका बालबालिकाहरु लाई टोल शिक्षा सहकर्मी राखेर शिक्षा दिईने छ नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिका भित्रका उच्च शिक्षा हासिल गर्न चाहने जेहेन्दार, गरिव, दलित र छात्राहरु लाई छात्रबृत्ति एवं प्रोत्साहन उपलब्ध गराने कार्यक्रम राखिएको छ ।
पूर्वाधार विकासतर्फ १ वार्ड देखि ९ सम्म रिङ्ग रोड निमार्ण गरिने कार्यक्रम उल्लेख छ । निरन्तर सञ्चालनमा रहेका सडक निर्माण कार्यक्रम लाई निरन्तरता दिने, अगामि पाँच वर्ष भित्र कच्चिरहित सड्क निमार्ण जस्ता कार्यक्रमहरु रहेको छ । यस्तै एकिकृत बस्ती विकास योजनाका लागि अध्ययन प्रारम्भ, घर जग्गा नक्सा पास र प्रतापपुर ईन्डिगे्रटड बिल्डिङ्ग कोड सिस्टम निर्माण कार्यक्रम बनाईएको छ ।