Wednesday, April 17, 2024
घरराजनीतिप्रचण्डको जवाफ पछि आज माओवादीको बैठक सकिंदै

प्रचण्डको जवाफ पछि आज माओवादीको बैठक सकिंदै

- Advertisement -spot_img

काठमाडौं,२१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीले तयारी गरेको छ ।

चार दिनसम्म २२१ जना ले बैठकमा धारणा राखेका छन् । आज नभ्याउन बाँकी सदस्यको धारणा लिखितरुपमा लिने गरी आजै बैठक सक्ने तयारी भएको हो । आजको बैठकमा थप सदस्यहरूदले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । दिउँसो १ बजेसम्म बाँकी सदस्यहरूका लागि समय छुट्याइएको छ । त्यसपछि अध्यक्षले जवाफ दिने कार्यक्रम तय भएको छ । बैठकमा सहभागी सदस्यहरूले पार्टी रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागितालगायतका विषय उठाएका छन् ।

यसपटक पदाधिकारीहरूले नै केही असन्तुष्टिसमेत व्यक्त गरेका छन् । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले आफूहरूलाई गुटको नेताको रुपमा छुट्याएर विकल्प खोजिएको भन्दै गुनासो गरेका छन् । बैठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् ।

यसै बैठकबाट माओवादी ले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको संख्या ३३ प्रतिशत पुर्‍याएको छ । onlinekhabar

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्