परासी, १४ असोज । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव नवलपरासी आउँदैछन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विश्वेश्वरप्रसाद (विपि) कोइरालाको शालिकलाई अनावरणगरी उद्घाटन गर्न उनि नवलपरासी आउँदै छन् ।
प्रतापपुर गाउँपालिका द्धारा निमार्ण गरिएको प्रथम जननिवार्चित विश्वेश्वरप्रसाद (विपि) कोईरालाको शालिक लाई अनवारण गरि उद्घाटन गर्नको लागि पूर्वराष्ट्रपति डा. यादव नवलपरासी आउने प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । गाउँपालिकाको वडा नं. ७ गुठ्ठि सुर्यपुरामा करिब १० लाखको लागत निमार्ण गरिएको उक्त शालिक लाई भोलि उद्घाट गरिने अध्यक्ष यादवले बताए । सो कार्यक्रम भोलि ११ बजेको तय गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको लागि विभिन्न उपसमितिहरु बनाए तयारी तिव्र गतिमा रहेकोे छ ।
यस्तै पूर्वराष्ट्रपति डा.यादव आजै जिल्लामा आउने भएपछि सुरक्षा व्यवस्था दुरुस्त पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहरा बताए ।