Friday, December 6, 2024
घरबर्दघाटपुल निर्माणको म्याद सकियो, जम्मा ५ वटा पाईलिङ्ग

पुल निर्माणको म्याद सकियो, जम्मा ५ वटा पाईलिङ्ग

- Advertisement -spot_img

परासी, असोज ५ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलाको पुल निर्माणअलपत्र परेको छ । नगरपालिकाको वडा नं. ५ र १६ जोड्ने पुललाई ठेक्दारले निमार्ण कार्य बन्द गरेपछि पुल अलपत्र बनेको छ ।

श्री मृत संजिवनी निर्माण सेवा प्रा.लि. ले लिएको ठेक्कालाई लामो समय सम्म पुल निमार्ण कार्य बन्द गरेपछि पुल निर्माण अलपत्र परेको छ । अहिले सम्म जम्मा ५ वटा पाईलिङ्गको काम भएको बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले बताए । कुल ९ करोड ७७ लाखमा ठेक्का लिएको कम्पनीले २०७७ साल पुष २८ मा सम्झौता भएर २०८० को असार २७ सम्म सकिनुपर्ने थियो । तर हाल सम्म जम्मा ५ वटा मात्र पाईलिङ्गको काम भएको छ । ७५ मिटर लामो तथा ११ मिटर चौडाई भएको उक्त पुलमा २५ वटा पाईलिङ्ग गर्नेुपर्ने छ तर जम्मा ५ वटा मात्र पाईलिङ्गको काम भएको छ ।

पुल निर्माण कार्य अलपत्र परेपछि बर्दघाट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपरासी लाई पुल निर्माण कार्यमा आवश्यक सहयोग सहित सजिकरण गरिदिनहुन अनुरोध पत्र समेत लेखेको छ । उक्त पत्रको अधारमा जिल्ला प्रशासनले बोधार्थमा सड्क विभाग, पुल महाशाखा पुल सेक्टर नेपालगंज राखेर जिल्ला प्रहरी कार्यालयलाई संम्बन्धित मान्छेलाई उपस्थित गराईदिन हुन पत्र लेखको छ । त्यस्तै पत्रमा संम्बन्धित कम्पनी वा व्यक्तिलाई असोज १० गते उपस्थित गराउन उल्लेख गरिएको छ ।

पुल शिलान्यास निर्वाचन क्षेत्र नं. १ संघिय सांसद विनोद चौधरीले २०७९ को चैत्र १२ गते गरेका थिए । तर हाल उक्त पुलकोनिर्माण काम अलपत्र परेको छ । पुल निर्माण ढिलाईले वर्षाको मौसम त्यहाँका स्थानिय बालबालिकाहरु लाई पढ्न, स्वास्थ्य उपचार तथा हाट बजार गर्न समेत समस्या भएको नगरपालिकाले जनाएको छ । उक्त पुलको निर्माण पछि बर्दघाट नगरपालिकाबाट पर्यटिकिय स्थल त्रिवेणी धाम जोड्ने सबै भन्दा कम दुरीको सड्क हुनेछ । यस्तै उक्त सड्क खण्ड छिमेकि गाउँपालिकाहरु सुस्ता र प्रतापपुरलाई पनि जोड्ने कमदुरीको बाटो रहेको छ ।


spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्