Sunday, March 16, 2025
घरसमाचारपुर्व–पश्चिम राजमार्ग दाउन्ने सड्क खण्ड आज राती बन्द हुने

पुर्व–पश्चिम राजमार्ग दाउन्ने सड्क खण्ड आज राती बन्द हुने

- Advertisement -

परासी, १५ असोज । पुर्व–पश्चिम राजमार्गको पश्चिम नवलपरासीको दाउन्ने सड्क खण्ड (बाटो) बन्द हुने भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानीखोला स्थित दाउन्ने सड्क भासिएपछि पुर्णरुपमा मर्मत गर्नका लागि आज राति १० बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनु भएको छ । आज राति १० बजेदेखि बुधवार विहान ५ बजेसम्म बाटो बन्द हुने उहाँले बताउनु भएको हो । सोमवार साँझ ५ बजेको समयमा सड्क भासिएपछि उक्त बाटो पुर्णरुपमा अवरुद्ध भएको थियो । बुटवल–नारायणगढ सड्क खण्डको निर्माणको क्रममा लगाईएको रिटेनिङ्गवाल समेत भासिएको छ । भने विद्युतको हाई टेन्सन टावर समेत ढलेको छ ।

अविरल वर्षाका कारण सोमवार साझ ५ बजे बाटो करिब ४ मिटर भासिएर पूर्णरुपमा बन्द रहेको थियो । उक्त बाटो विहान ९ बजे एकतर्फी र दिउसो ११ बजे दुईतर्फी सञ्चालनमा आएको हो । अहिले उक्त सड्क खण्ड दुईतर्फी नै सञ्चालनमा रहेको छ । तर पुर्णरुपमा मर्मत गर्नका लागि समय लाग्ने भएकोले आज राति बाटो बन्दगरी मर्मत कार्य गर्ने जिल्ला प्रशासनले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्