परासी, २३ माघ । पश्चिम नवलपरासीका सीमा स्तम्भहरुलाई मर्मत सम्भार एवं रङ्गरोगन कार्य सुरु गरिएको छ । नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको लामो समयदेखि मर्मत र रङ्गरोगन नहुँदा स्तम्भहरु पुराना तथा जीर्णजस्तै बनेपछि सीमा स्तम्भहरुलाई रङ्गरोगन सुरु गरिएको छ ।
तस्बिरः अनिल यादव/ नवलपरासी
तस्बिरः अनिल यादव/ नवलपरासी
उक्त स्तम्भहरुलाई नेपाल र भारतका सीमा सुरक्षा निकायले मर्मत र रङ्गरोगन कार्य सुरु गरेका हुन् । पश्चिम नवलपरासीको भारत संग जोडिएका रहेका १६ स्तम्भहरुलाई रङ्गरोगन गरिने सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर गणका प्रमुख (एसपी) धीरेन्द्रराज न्यौपानेलले बताउनु भएको छ । जोर नम्बरका भारत र बिजोर नम्बरका स्तम्भहरु नेपालले गर्ने सहमति अनुसार सोमबारदेखि मर्मत र रङ्गरोगन कार्य सुरु गरेको उहाँले बताउनु भयो ।
पश्चिम नवलपरासीमा सुस्ता देखी पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्म ४१ किलोमिटर सीमा रहेको छ । जस्मा सुस्ताको १४ कि.मि. क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । एसपी न्यौपानेले भनु भयो, ‘अहिले साढे २७ कि.मि. क्षेत्रफलमा रहेका १३ वटा मूख्य र ३ सहायक गरी १६ वटा स्तम्भहरुको मर्मत र रङ्गरोगन कार्य सुरु गरिएको हो । जसमा जोर नम्बरका ७ वटा स्तम्भ भारत र बिजोर नम्बरका ९ वटा स्तम्भलाई हामीले रङ्गरोगन गर्न सुरु गरेका हौं ।’
तस्बिरः अनिल यादव/ नवलपरासी
पश्चिम नवलपरासीको सुस्तामा रहेको सीमा (दशगजा) र स्तम्भहरु भारतीय पक्षबाट विवादित बन्दै आएको छ । जसले गर्दा सुस्ता गाउँमा सीमा स्तम्भ छैनन् ।
तस्बिरः अनिल यादव/ नवलपरासी