Friday, December 6, 2024
घरअन्तर्राष्ट्रियपुटिन पाँचौँपटक राष्ट्रपतिमा लड्दै

पुटिन पाँचौँपटक राष्ट्रपतिमा लड्दै

- Advertisement -spot_img

एजेन्सी, माघ १७ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँपटक राष्ट्रपतिको निर्वाचन लड्ने पक्का भएको छ । सोमबार मात्र पुटिनले उम्मेदवारी दर्ता गराएका थिए । त्यहाँको निर्वाचन आयोगले पुटिनले उमेदवारी दिनु भएकाे पुष्टि गरेकाे छ ।

रुसमा आगामी मार्च १५ देखि १७ तारिखसम्म राष्ट्रपतिको निर्वाचन हुँदै छ । तर, अहिलेसम्म पुटिनविरुद्ध कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । पश्चिमा राष्ट्रहरूका अनुसार सन् २००० मा जब पुटिन पहिलोपटक देशको राष्ट्रपति बने तबदेखि रुसमा निष्पक्ष निर्वाचनको आयोजना भएको छैन ।

पुटिनका लागि निर्वाचन औपचारिकता मात्र भएको पश्चिमा राष्ट्रको टिप्पणी छ । पुटिनले जे चाहारे रुसमा त्यही हुने उनीहरू बताउँछन् । यो पनि आरोप छ कि पुटिनले कहिले पनि लोकतन्त्र स्वीकार गर्नु भएकाे छैन्, जसकारण निर्वाचनका बेला त्यहाँ परीवेक्षकले अनुमति नै पाएका छैनन् ।

हाल रुसले युक्रेनमा आक्रमण गरिरहँदा पश्चिमा राष्ट्रहरू खुलेरै युक्रेनको पक्षमा उभिएका छन् । पुटिन सन् २०३६ सम्म रुसको राष्ट्रपति बन्ने पनि चर्चा छ । रुसमा सबै शक्ति राष्ट्रपतिको हातमा हुन्छ । प्रधानमन्त्री पनि राष्ट्रपतिले नै नियुक्त गर्छ । त्यहाँ राष्ट्रपतिको अनुमतिपछि मात्र राजनीतिक पार्टी दर्ता गरिन्छ । शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्