काठमाडौँ, फागुन ३० । नेपाली टोली त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । हङकङमा बुधबार सम्पन्न शृङ्खलाको फाइनल खेलमा नेपालले लज्जास्पद हार ब्यहोर्यो । नेपाली टोलीलाई फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) ले ८६ रनको फराकिलो अन्तरले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमै अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो ।
नेपाली टोलीको ब्याटिङ अत्यन्तै निराशाजनक रह्यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । Ratopati