परासी, फागुन २३ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा नमूना युवा संसद कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको सातपालिका मध्ये पाल्हीनन्दनमा नमूना युवा संसद अभ्यास कार्यक्रम गरिएको छ ।
नमूना युवा संसद कार्यक्रम अन्तर्गत स्थानीय युवाहरु लाई सशक्तिकरण, नेपालको राज्य प्रणाली वारे जानकारी, गाउँसभा सञ्चालन प्रक्रिया तथा गाउँ कार्यपालिकाको संरचना वारे प्रशिक्षण गरिने छ । यस कार्यक्रमले युवाहरुलाई स्थानीय तह सञ्चालन बारे शैद्धान्तिक तथा व्यवाहारिक सचेतना हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले बताउनु भएको छ । उहाँले स्थानीय सरकारको संरचना र यसको अभ्यास बारे युवाहरुलाई जानकारी गराउन सो अभिमुखिकरण कार्यक्रममा ३५ युवाहरु लाई सहभागि गराईएको बताउनु भएको छ । कार्यक्रमका लागि पहिलो चरणमा प्रत्येक वाडहरु मा १५ सदस्यी युवा क्लब गठन गरिएको हो । उक्त क्लबहरु बाट ४÷४ जनालाई सहभागि गराइएको छ भने बाँकी समावेशी तरिकाले अन्य युवाहरु लाई पनि समेटिएको छ कार्यक्रमका प्रशिक्षक मोहम्मद ईजहार शेषले बताउनु भएको छ । उक्त कार्यक्रमको प्रशिक्षा उहाँ सहित २ जना हुनुहुन्छ । कार्यक्रमबाट युवाहरुलाई राज्यको मूल प्रवाहमा ल्याउन, युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्न तथा नेपालको शासन प्रणाली र विकास प्रकृयाबारे युवाहरुलाई सूचित गर्न उद्देश्य रहेको छ । यस्तै युवाहरु लाई स्थानीय तहको निर्वाचन, बजेट तथा योजना निमार्ण लगायतको वारेमा अभिमुखिकरण गरिने प्रशिक्षक शेषले बताउनु भएको छ ।
२२ गतेदेखि २६ गतेसम्म नमूना युवा संसद अभ्यास गराउन लागिएको गाउँपालिकाले जनाएको छ । संघीय सरकारको सर्सत अनुदानबाट राष्ट्रिय युवा परिषदले पाल्हीनन्दनका गाउँपालिकामा कार्यक्रमलाई कार्यन्वयन अगाडी बढाईएको छ । कार्यत्रमका लागि साढे ४ लाख बजेट छुट्याईएको छ ।