Thursday, December 11, 2025

पालडाँडा कप माघ १३ बाट,तयारी पुरा

परासी, माघ १२ । सगरमाथा सामुदायिक विकास प्रतिष्ठान बर्दघाट ५, पाल्डाँडाको आयोजनामा सञ्चालन गर्न लागिएको “ पालडाँडा कप २०८०” को तयारी पुरा भएकोे आयोजकले जनाएको छ ।

यहि माघ १३ गते देखि सञ्चालन हुने पालडाँडा कप २०८० का लागि आयोजक संस्थाले खेल मैदानको तायरी गर्ने देखि प्रचार प्रसार र खर्च ब्यवस्थापन लगाएतका काम पुरा गरेको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका सल्लाहकार दिपक थापाले बताउनु भएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ६ लाख खर्च हुने अनुमान गरीएको र त्यस्का लागि बर्दघाट नगरपालिका,बिभिन्न संघ संस्थाहरु र वैदेशिक रोजगारमा गएका विभिन्न ब्यक्तिहरुले सहयोग गरिरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

आयोजक संस्थाका अध्यक्ष गंगा बहादुर भण्डारी क्षेत्रीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्थाका संरक्षक मान बहादुर थापा,खेल संयोजक कुल प्रसाद गुरुङ,सल्लाहकार उत्तमध्वज के.सी. ,आर्थिक संयोजक हरि कंडेल,भेषराज पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।

लुम्बिनी र गण्डकी प्रदेशका १० टिमलाई मात्र सहभागि गराएर सञ्चालन गर्न लागिएको उक्त फूटबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५१ हजार शिल्ड,मेडल र प्रमाण पत्र तथा द्धितिय पुरस्कार ७५ हजार ५ सय शिल्ड,मेडल र प्रमाण पत्र रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

त्यसैगरी प्रतियोगितामा गोल किपर,डिफेन्स,मिड फिल्डर,सर्वाधिक गोलकर्ता,म्यान अफ दि सिरिज र प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कार दिने ब्यवस्था समेत मिलाईए आयोजकले जनाएको छ ।
माघ १३ गते शुरु गरी २२ गते फाईनल गर्ने तयारीका साथ अघि बढेको “ पालडाँडा कप २०८०” को टाईसिट अनुसार पहिलो दिन बि.पि. स्मृति युवा क्लब माकर र सयपत्री युवा क्लब बुटवल बिचको खेल हुने छ ।

प्रतियोगितामा २८ बिगाहा युवा क्लब कावासोती,फर्साटिकर युवा क्लब रुपन्देही,देबदह ब्याईज रुपन्देही,सगरमाथा सामुदायिक विकास प्रतिष्ठान,बर्दघाट,डि.वाई.डि.ए. दुम्किवास,समपूर्ण युवा क्लब सुपौली,सिद्धार्थ क्लब रुपन्देही र अभिषेक चर्च रजहरले प्रतिष्प्रर्धा गर्ने संस्थाका सल्लाहकार दिपक थापाले बताउनु भयो ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार