परासी, वैशाख २१ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र ईमानले काम गर्न नेता र कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
शुक्रवार पश्चिम नवलपरासीमा पार्टीको ९औं जिल्ला कमिटिको अधिवेशनमा बोल्दै पार्टी अध्यक्ष ओलीले बुद्धिले नभई पार्टी भित्र ईमान्दारिताले काम गर्न बताउनु भएको छ । उहाँले भन्नु भयो, “कमरेडहरु लाई मेरो सुझाव के छ भने, धेरै बुद्धि खेलाउने काम नगर्नुस ईमानले काम गर्नुस, बुद्धिले भनेको काम नगर्नुस बुद्धि चनचल हुन्छ ईमानले भनेको गर्नुस ।” पार्टीमा जो साथीहरु विग्रिए बढता बुद्धिका कारण विग्रिएको ओलीले भन्नु भएको छ । एकपल्ट हामिले दुई तिहाईको स्थितिमा पुर्याएका थियौं । तर केहि मान्छेहरु लाई पचेन अहंकार, ईष्र्या र डाहले छोयो र पार्टीमा भड्काउन देखि तोडफोड तथा पार्टी भित्र समस्या खडा समेत गरेको उहाँले आरोप लगाउनु भएको छ । पार्टी भित्र विपक्ष भन्दा पनि एकताको आवश्यकता हुन्छ भन्दै पार्टीका नेता कार्यकर्तालाई सजक हुन भन्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी भित्र लोकतन्त्रिक अभ्यास गर्न एकदमै आवश्यक रहेको बताउनु भएको छ । विभिन्न जिल्लाहरु मा क्रियाशिल कार्यकर्ताहरु लाई सदस्यता नदिई आफ्ना मान्छे मात्रै राखेको उहाँले गुनासो गर्नु भएको छ । क्रियाशिल रुपमा काम गर्ने कार्यकर्ताले शुल्क तिरेर नविकरण गर्दा पनि उसको विवरण माथि नपाईदिँदा प्रदेशमा भाग लिन नपाएको बताउनु भएको छ । पार्टी भित्र प्रतिनिधि छनोटमा नभएका सल्लाहकार कमिटि, सम्पर्कमञ्च बनाएर कमिटि भित्र तानेको गुनासो गर्नु भएको छ । यसरी पार्टी भित्रकोे लोकतन्त्र हराएको भन्नु भएको छ । उहाँले नवलपरासी जिल्ला कमिटिको अधिवेशनलाई ताक्दै उपयुक्त नेता तथा कार्यकर्तालाई सहमितिको आधारमा अध्यक्ष, उपाध्यक्ष, सचिव सहितको जिल्ला कमिटि बनाउन आग्रह गर्नु भएको छ । पार्टीको केन्द्रिय कमिटिका सदस्यहरु लाई जिल्ला कमिटि आवश्यक नरहको भन्दै आफ्नो आफ्नो कार्यक्षेत्रमा काम गर्नुस तपाईहरु लाई भागबण्डा आवश्यक नरहेको ओलीले भन्नु भयो ।
अध्यक्ष ओलीले भन्नु भयो, हामिले मिसन ८४ तोक्नुको कारण नेपालका निर्णय नेपालीले गर्नुपर्यो, नेपालको विकास नेपालीले गर्नुपर्यो र अरुको सहायता लिने हो अरुको भर होईन । हाम्रो देशलाई अरुले बनाईदिने होईन हामिले बनाउने हो र हाम्रो देशमा अरुको हस्तक्षेप चाहिएन उहाँले भन्नु भएको छ । देशलाई अरुको हस्तक्षेपबाट मुक्त गराई स्वतन्त्र देशको हैसियतमा यर्थातमा व्यवहार गर्नुपर्छ त्यसका लागि मिसन ८४ बनाएको अध्यक्ष ओलीले भन्नु भएको छ । देशको राष्ट्रिय शक्तिहरु लाई निर्णयक तहमा विकास गर्न आवश्यक रहेको बताउनु भएको छ । आज विहान नवलपरासी आउनु भएका पार्टी अध्यक्ष ओलीले रामग्राम स्तूप, सुस्ताको झोलुङ्गे पुल र त्रिवेणी धाम लगायतको ठाउँको अवलोक गर्नु भएको छ ।