Thursday, December 11, 2025

पाकिस्तान र भारतको खेल वर्षाका कारण रद्द

काठमाण्डौँ, भदौ १ श्रीलंकामा जारी भारत र पाकिस्तानको खेल रद्द भएको छ । पाकिस्तानले एसिया कपमा भारतसँगको खेल वर्षाको कारण रद्द भएसँगै सुपर फोरमा स्थान बनाएको छ । समूह चरणको खेलमा पाकिस्तानले जितको लागि २सय ६७ रनको विजयी लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन ।

KANDY, SRI LANKA – SEPTEMBER 2: Shaheen Afridi of Pakistan celebrates after taking the wicket of Virat Kohli of India during the Asia Cup Group A match between India and Pakistan at Pallekele International Cricket Stadium on September 2, 2023 in Kandy, Sri Lanka. (Photo by Surjeet Yadav/Getty Images)

दुबै टोलीले १/१ अंक बाँडेका छन् । त्यसैको कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।

अव सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ । यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । यदि नेपालले जादुमयी प्रदर्शनका साथ भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

त्यसअघि पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो ।

KANDY, SRI LANKA – SEPTEMBER 2: Hardik Pandya of India (R) celebrates after scoring a fifty (50 runs) during the Asia Cup Group A match between India and Pakistan at Pallekele International Cricket Stadium on September 2, 2023 in Kandy, Sri Lanka. (Photo by Surjeet Yadav/Getty Images)

भारतका उपकप्तान हार्दिक पान्ड्याले ९० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिएका थिए । युवा विकेटकिपर ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

एक समय १४.१ ओभरमा ६६–४ को दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरेका थिए । प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट हुन पुगेका थिए । कोहली ब्याटरमा एज लाग्दै बोल्ड हुन पुगे ।

KANDY, SRI LANKA – SEPTEMBER 2: Rohit Sharma captain of India bowled during the Asia Cup Group A match between India and Pakistan at Pallekele International Cricket Stadium on September 2, 2023 in Kandy, Sri Lanka. (Photo by Surjeet Yadav/Getty Images)

हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । चोटबाट फर्किएका ऐर रौफको दशौं ओभरको पाँचौं बलमा मिड विकेटमा समातिन पुगेका थिए । हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

पाँचौं विकेट लिन पाकिस्तानले ३८ औं ओभरमा पुग्नु परेको थियो । पाकिस्तानका स्पिनरले विकेट लिन नसकेपछि भारतले खेलमा फर्किने अवसर पाएको थियो । ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे ।

हार्दिक पान्ड्या अफ्रिदीको ४४ औं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा क्याच आउट हुन पुगे । त्यसपछि भने भारतले लगातार विकेट गुमाएको थियो ।

India’s Jasprit Bumrah plays a shot during the Asia Cup 2023 one-day international (ODI) cricket match between India and Pakistan at the Pallekele International Cricket Stadium in Kandy on September 2, 2023. (Photo by Ishara S. KODIKARA / AFP) (Photo by ISHARA S. KODIKARA/AFP via Getty Images)

जस्प्रित बुमराह १४ बलमा ३ चौकासहित १६ रनमा आउट भए । रविन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नसिम शाहले ८।५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ९ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । narayani online

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार