Sunday, January 19, 2025
घरपर्यटनपाइलटको कमजोरीले मनाङ एयरको हेलिकप्टर दुर्घटना

पाइलटको कमजोरीले मनाङ एयरको हेलिकप्टर दुर्घटना

- Advertisement -spot_img

काठमाडौँ, असोज २७ गते । अवतरणका क्रममा सन्तुलन मिलाउन पाइलटले कमजोरी गर्दा मनाङ एयरको हेलिकप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका– लबुचेमा शनिवार बिहान दुर्घटना भएको छ ।

खुम्बुमा बिरामी ल्याउन उडेको हेलिकप्टर लबुचेमा अवतरण गर्ने क्रममा पाइलटले कमजोरी गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । शनिवार बिहानको मौसम सफा भए पनि हेलिकप्टर पाइलटले कमजोरी गरेको स्थानीय होटेल सञ्चालकहरूले समेत बताएका छन् । 

दुर्घटना बिहान करिब ८ बजे भएको प्रहरी चौकी लुक्लाका प्रमुख डम्बर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरमा पाइलट पिके सेढाइ थिए । उहाँलाई सामान्य घाइते भएको र अर्को हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

गत असार २६ गते सोलुखुम्बुमै मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने दुई महिना नबित्दै फेरी यसै कम्पनीको अर्को दुर्घटना भएको छ । Gorkhapatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्