परासी, चैत २३ । पश्चिम नवलपरासीको सुस्तामा बनेको पाँच करोड भन्दा बढिको शीत भण्डार (चिस्यान केन्द्र) उपयोगविहिन भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा रहेको शीत भण्डार निमार्ण कार्य सम्पन्न भएर पनि प्राविधिक समस्याले प्रयोगविहिन भएको भेटिएको छ ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनरायण उपाध्ययले उक्त शीत भण्डारमा केहि काम अधुरो रहेको बताउनु भएको छ । उहाँले भन्नु भयो, “शीत भण्डारलाई ठेक्दारले निमार्ण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेपनि भित्र तथा बाहिर धेरै कामहरु अधुरो रहेको छ ।” शीत भण्डार भित्र राखिने काठको (भुईमा काठ विछ्याईएको) नभएको भेटिएको बताउनु भयो । जस्लेगर्दा त्यहाँ राखिने आलु, प्याज तथा फलफुलहरु कुहिने भएकोले अहिले सम्म सञ्चालनमा नआएको बताउनु भयो । यस्तै विद्युत नभएको, सुरक्षाको दृष्टिकोणले सुरक्षा गार्ड बस्ने कोठा, तारवार तथा पर्खाल कम्पाउण्ङ्गिको काम समेत अधुरो रहेकोले सञ्चालन हुन नसकेको अध्यक्ष उपाध्ययले भन्नु भएको छ । उहाँका अनुसार उक्त शीत भण्डारको हजार मेट्रिक टन सम्मको क्षमता रहेको छ । तर सञ्चालनको लागि पाँच सय सम्म गर्ने तयारी रहेको भन्नु भयो । गाउँपालिका अध्यक्ष उपाध्ययले भन्नु भयो, “शीत भण्डारलाई यहि चैत महिना भित्र सञ्चालन गर्ने भन्नु भएको छ । सके किसानहरु लाई सञ्चालन गर्न भन्ने हो, सकेन्न भने सहकारी लाई वा सूचना निकालेर कुनै संस्थालाई सञ्चालन गर्न जिम्मेवारी हो ।” लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानि निमार्ण गरिको शीत भण्डारमा अहिले पनि पैत्तिस देखि चालिस लाखको काम भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनु भएको छ । उहाँले त्यस क्षेत्रमा उत्पदानको क्षमताले पनि सञ्चालन गर्न अलि कठिनाई नै हुने बताउनु भयो ।
ठेक्दारले शीत भण्डार निमार्ण सम्पन्न गरेर करिब तीन वर्ष पहिलै गाउँपालिकालाई बुझाएको थियो । तर अहिले सम्म सञ्चालनमा आउन नसकेपछि यहाँको केरा उत्पादक र अन्य किसानलाई चुनौति थपिएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताउनु भएको छ ।