Thursday, December 5, 2024
घरस्वास्थ्यपश्चिम नवलपरासीमा ७१ जनामा डेंगु

पश्चिम नवलपरासीमा ७१ जनामा डेंगु

- Advertisement -spot_img

परासी, साउन १७ । पश्चिम नवलपरासीमा ७१ जना डेंगुका विरामी भेटिएका छन् । डेंगुका विरामी भेटिएपछि जिल्लामा सर्तकता अपनाउन आग्रह समेत गरिएको छ ।

जिल्लामा गत साउनदेखि अहिले सम्म ७१ जना डेंगुका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाको बर्दघाट नगरपालिकामा सबै भन्दा बढि डेंगुका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले बताउनु भएको छ । उहाँका अनुसार बर्दघाट नगरपालिकामा ४७, रामग्राममा २१ र पाल्हीनन्दनमा ३ जना डेंगुका विरामी भेटिएका छन् । उनीहरु उपचार गराएर सञ्चो समेत भईसकेको पन्थीले भन्नु भएको छ । सात वटा स्थानीय तह भएको उक्त जिल्लामा अहिले सम्म तीनवटा पालिकामा मात्रै डेंगुका विरामी भेटिएको भन्नु भएको छ । भने सुनवल नगरपालिका, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा डेंगुका विरामी नभेटिएको पाईएको छ ।

स्वास्थ्य कार्यालये दिएको तथ्याङ्क अनुसार आ.व.०७८÷०७९ मा एक जना, ०७९÷०८० मा ३ सय १५ जना र ०८०÷०८१ म ७१ जना डेंगुका विरामी भेटिएका हुन् । आ.व. ०७९÷०८० को तुल्नमा अहिले कम देखिएपनि सर्तकर्ता अपनाउनु पर्ने आवश्यक रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देविलाल पौडेलले बताउनु भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्