परासी, जेठ १८ । हिजो आएको हावाहुरीको कारण पश्चिम नवलपरासीमा केही स्थानमा विद्युत सेवा पुर्णरुपले अवरुद्ध भएको छ ।
विहिवार साँझ आएको तिव्रगतिको हावाहुरीले विद्युतका अधिकांश तारपोलहरुमा क्षति पुगेको छ । जिल्लामा रहेको दुई विद्युत वितरण केन्द्र मध्येय सबैभन्दा बढि बर्दघाट तिरण केन्द्रमा क्षति भएको छ । उक्त वितरण केन्द्र अन्तर्गत रहेको सरावल गाउँपालिका २ को विद्युत ट्रन्सर्फमरमा पुर्णरुपले क्षति भएको छ । जिल्ला भरीको करीब १३ वटा ट्रन्सर्फमर क्षति भई बन्द रहेको परासी विद्युत वितरण केन्द्रका ईन्जिनियर रमाशंकर शाहले बताउनु भएको छ । जसले गर्दा जिल्लाको अधिकांश क्षेत्रमा हिजो राति देखि नै विद्युत सेवा अवरुद्ध रहेको उहाँले भन्नु भएको छ । साँझ सम्म सबै ट्रान्सरर्फमरबाट विद्युतलाई सुचारु गर्ने तयारी भईरहेपनि सबै सुचारु हुन चुनौति देखिएको उहाँले भन्नु भएको छ । हावाहुरीको कारण जिल्ला भरी एक सय बढि पोलहरु ढलेको ईन्जिनियर शाहले बताउनु भएको छ ।
हावाहुरीका कारण विद्युतको तार, पोल, एल्टी र ट्रान्सर्फमर लगायतको समानमा क्षति भएको छ । ईन्जिनियर शाहका अनुसार करीब ९० लाख बराबरको क्षति भएको छ । जिल्लाको रामग्राम नगरपालिका, सुनवल नगरपालिका, बर्दघाट नगरपालिका , सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहेको छ ।