Thursday, December 11, 2025

पश्चिम नवलपरासीमा चट्याङले एक महिलाको मृत्यु

परासी, वैशाख २६ । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित तरैनी बस्ने २९ वर्षिय पुनम कोईरीको चट्याङ लागेर मृत्यु भएको छ ।

मंगलवार विहान ११ वजे चलेको हावाहुरीको समयमा उनि बगैचातिर गएको समयमा चट्याङ लागेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताउनु भएको छ । गाउँ भन्दा बाहिर रहेको एक आँपको तल उनि मृत्यु फेला परेको उहाँले बताउनु भएको छ ।

मृतक पुनमको दुई छोरा र एक छोरी गरी ३ सान्तान छन् । उनका श्रीमान ओम प्रकाश कोईरी वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा छन् ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार