परासी, १३ असार । पश्चिम नवलपरासीको सुनवलमा धारिलो हतियार प्रहार गरि सोमबार महिलाको मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नम्बर १३ बिचौयापुर बस्ने अन्दाजी ५० वर्षिय बुद्धरानी मुसहर हत्याको भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताउनुभयो ।
मृतकको परिवारमा एक २५ वर्षिय शिवकुमार मुसहर छोरा र श्रिमान रहेका छन । घटनाभए पश्चात शिवकुमार फरार रहेको प्रहरीले जनाएको छ । घटना सोमबार साझँ ४ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।
फरार रहेको उनलाई विशेष सुचनाको आधारमा मंगलबार बिहान ८ बजेको समयमा रुपन्देहीको गैडँहवा ८ मैनिहवाबाट जिल्ला प्रहरी कार्यलय नवलपरासीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । श्रीमान दैनिकज्यालामजदुरी गर्ने गरेको र सो दिन पनि साझँ साढे बजेतिर घर फर्किदा श्रिमतीको शव रताम्मे अवस्थामा देखि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी राखिएको प्रहरीले जनाएको छ ।