परासी, पुस २९ । पश्चिम नवलपरासीमा पशुचौपायाहरु मा निमोनिया र पोषणको कमी देखिएको छ । जिल्लाको रामग्राम नगरपालिका भित्र गरीएको स्वास्थ्य परीक्षणमा यस्ताहरु समास्या देखा परेको छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलले आइतबार सुक्रौलीमा सञ्चालन गरेको पशु स्वास्थ्य शिविरमा यस्तो समस्या देखिएको निर्देशनालयका प्रमुख प्रवेशसिंह कुँवरले बताउनु भएको छ । ‘शिविरमा ल्याइएका गाईभैसींमा पोषणसँगै बाझोपनको समस्या र बाख्राहरुमा किर्ना र निमोनियाको समस्या देखिएको छ ।’ कुँवरले भन्नु भयो । उक्त शिविरमा गरिएको स्वास्थ्य परीक्षणमा अधिकांश पशुचौपायाहरु भित्र यसप्रकारको समस्याहरु फेला परेको हो । कृष्कहरु लाई सहजै सेवा लिनका लागि उनिहरुकै दैलोमा पशु स्वास्थ्य शिविर गरिएको हो । लुम्बिनी प्रदेशमा लम्पी स्कीन रोगबाट पशुचौपायाहरु मरेको र रेबिज रोगसमेत देखिएकोले यस किसिमको शिविर सञ्चालन गरिएकोे उहाँले भन्नु भयो । पछिल्लो समय लुम्बिनी प्रदेशमा मात्रै करीब १० हजार गाईभैसीहरु मरेको निर्देशनालयका प्रमुख कुँवरले बताउनु भएको छ ।
किर्ना देखिएका बाख्राहरुलाई इन्जेक्सन दिइएको र बाझोपन देखिएका पशुचौपायहरुलाई भेटेरिनरी तथा पशु विज्ञ केन्द्रमा उपचारका लागि जान किसानहरुलाई सल्लाह दिइएको निर्देशनालय प्रमुख कुँवरले भन्नु भएको छ । चार जना पशुचिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेको शिविरमा रोगको पहिचान गरी किसानहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा १०, १६ र १५ नम्बर वडाका ३ सय घरधुरीका करिब १५ सय पशुचौपायको स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । यस आर्थिक वर्षमा २ वटा शिविर सञ्चालन गरिने छ । जस्मा पहिलो नवलपरासीमा गरिएको छ भने दोस्रो शिविर पाल्पा जिल्लामा गरिने निर्देशनालयले जनाएको छ ।
यस्तै उक्त शिविरमा लाभ लिएका रामग्राम नगरपालिका वडा नं. १५ का रामअवध कुर्मीले आँफु धेरै नै खुसी भएको बताउनु भएको छ । हाम्रै दैलोमा आएर यस्तो सेवा दिएको निर्देशनालयलाई उहाँले धन्यवाद समेत दिनु भएको छ । त्यस्तै रामग्रामकै वडा नं. १६ कि चन्द्रावती थारुले यस्ता किसिमको स्वास्थ्य शिविरले कृषकहरुमा थप उर्जा थपिने बताउनु भयो । उहाँले भन्नु भयो ‘मैले पनि मेरो बाख्रालाई स्वास्थ्य परीक्षण गर्नका लागि ल्याएको र परीक्षण पछि उपचार समेत गरीएको छ ।’ उक्त क्षेत्र दुध उत्पादनका लागि समेत राम्रो क्षेत्रका रुपमा मानिदैं आइएको छ । उक्त शिविर नेपाल भेटेरीनरी एसोसियसनको सहकार्यमा गरिएको हो ।