Sunday, January 19, 2025
घररामग्रामपर्यट्कीय स्थल स्तूपमा प्रहरीको अस्थायी प्ररही बिट

पर्यट्कीय स्थल स्तूपमा प्रहरीको अस्थायी प्ररही बिट

- Advertisement -spot_img

परासी, असोज १८ । पश्चिम नवलपरासीको पर्यट्कीय स्थल रामग्राम स्तूपमा प्रहरीको अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । रामग्राम नगरपालिका ७ उजैनी स्थित स्तूप क्षेत्रमा बिटको स्थापना भएको हो ।

स्तुप क्षेत्रमा प्रहरीको बिट स्थापना भएपछि पर्यटकलाई समेत सुरक्षाको अनुभुति हुने रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनु भएको छ । स्तूपमा क्षेत्र पर्यट्कीय स्थल भएको कारणले यहाँ विभिन्न प्रकारका व्यक्तिहरु घुम्न आउने गर्दछ्न । उनिहरु लाई सुरक्षा तथा साहायताका लागि प्रहरी बिटले ठुलो मद्त हुने मेयर यादवले बताउनु भएको छ । प्रहरी बिटको स्थापनाले मात्रै सुरक्षा तथा विकृतिहरु न्यूनिकरण हुदैन् प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनु भएको छ । यो सबैको सरोकारको विषय भएको हुनाले त्यस क्षेत्रका सबै सचेत नागरिकले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्ने उहाँले बताउनु भएको छ । सबैको सहयोगले मात्रै शान्ती सुरक्षा कायम हुने श्रेष्ठले भन्नु भएको छ ।

स्तूप क्षेत्र पर्यट्कीय स्थल भएको कारणले त्यहाँ मानिसहरुको धेरै चहलपहल हुने गर्दछ । उक्त क्षेत्र लगायत वरीपरि नागरिकलाई केन्द्रविन्दु बनाएर सुरक्षा तथा अपराधिक घट्ना हुन नदिनका लागि प्रहरी बिटको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनु भएको छ । सिमाक्षेत्र नजिक तथा राती सुनसान भएको हुनाले लागूऔषध सेवन र चोरीनिकासी समेत रोक्न सकिने फुँयालले बताउनु भएको छ ।

प्रहरी सहाय निरीक्षक (असई) को नेतृत्वमा ५ जना प्रहरी जवान सहित बिट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवउपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्