Friday, January 17, 2025
घरपर्यटनपर्यटकीय गन्तव्य बन्दै सुस्ताको झोलुङ्गे पुल

पर्यटकीय गन्तव्य बन्दै सुस्ताको झोलुङ्गे पुल

- Advertisement -spot_img

परासी, साउन ७ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ नारायणी नदीमा बनेको झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बनेको छ ।

विकट सुस्तालाई सहज बनाउन बनाईएको नेपालको सबै भन्दा लामो झोलुङ्गे पुल अहिले पर्यटकहरुको घुमफिर गर्ने ठाउँ बनेको छ । उक्त पुललाई हेर्न दिनहुँ करिब दुई हजार मान्छे आउने गरेको स्थानीय मनोहर अहिरले बताउनु भएको छ । मनोहर पुल निमार्णको कार्य शुरु भएदेखि सुरक्षा गार्डको काम गर्दै आउनु भएको छ । उहाँले भन्नु भयो, नेपालको सबै भन्दा लामो झोलुङ्गे पुल निमार्ण सम्पन्न भएसंगै नेपाल–भारत बाट धेरै पर्यटकहरु अवलोकन गर्न आउने गरेका छन् । नारायणीको ठुलो भेल तथा पानीको बहावलाई पनि यस पुलबाट हेर्न रमणीय भएको हुनाले यहाँ पर्यटकहरु को भिड लाग्ने गरेको उहाँले बताउनु भयो ।

सुस्ता स्थित नारायणाी नदीमा झोलुङ्गे पुल निमार्ण पछि घुम्न आएका पर्यटकहरु तस्विरः अनिल यादव

सुस्ता नवलपरासीको एक विकट ठाउँको रुपमा चिनिन्थ्यो । तर पुल निमार्णपछि सुस्ता अहिले सुगम बनेको छ । यसैगरी भारतको महराजगंज जिल्लाबाट घुम्न आएका कुलदीप श्रीवास्तवले यस्तो पुलको अवलोकन पहिलो पटक गरेको बताउनु भएको छ । उहाँले यस पुलबाट नारायणी नदीलाई नियाल्दा एकदमै आनन्द महशुस भएको बताउनु भयो । पुलमा मान्छेहरु को भिड धेरै नै भईरहेको हुनाले यहाँ सुरक्षाकर्मीको आवश्यक समेत महशुस भएको उहाँले भन्नु भएको छ ।

सुस्ता स्थित नारायणाी नदीमा झोलुङ्गे पुल तस्विरः अनिल यादव

सुस्ता कहिलै नजाने मान्छेहरु अहिले पुल अवलोकनको बहानमा सुस्ता घुम्न जाने गरेका छन् । सुस्तालाई भारतको विहार र उत्तर प्रदेश गरि भारतले तीन तिर बाट र नेपालको नारायणी नदी एकतिर बाट घेरेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्