Thursday, January 16, 2025
घरसमाचारपरासी मालपोतमा जालझेल, रोक्का जग्गा राजीनामा पास

परासी मालपोतमा जालझेल, रोक्का जग्गा राजीनामा पास

- Advertisement -spot_img

परासी, १८ पुस । भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीले रोक्का रहेको जग्गालाई राजीनामा पास गरेर दिइएको रहस्य खुलेको छ । दृष्टिबन्धकमार्फत रोक्का भएको उक्त जग्गा ११ वर्षपछि मात्र राजीनामा पास भएको रहस्य खुलेको हो ।

जग्गा दुष्टिबन्धक राखेर ऋण दिएका रामग्राम नगरपालिका–५ परासीका सन्तोषकुमार श्रीवास्तवले जिल्ला अदालतमार्फत धितो सकारेर जग्गा पास गर्न जाने व्रmममा उक्त जग्गा अर्कैको नाउँमा पास भएको पाइएपछि उक्त रहस्य खुलेको हो । साहु श्रीवास्तवले जग्गाधनी (ऋणी) रामग्राम नगरपालिका– १४ ऐचावलका विव्रmमप्रसाद यादवको साबिक अमरौट २‘क’ कित्ता नम्बर २१० को ५ कठ्ठा १० धुर जग्गा २०७० साउन २० गते दृष्टिबन्धक गरेर ६ लाख ऋण दिएका थिए । ऋणी यादवले ऋण दिन नसकेपछि श्रीवास्तवले जिल्ला अदालतबाट उक्त जग्गा १२ लाख २२ हजारमा लिलाम सकारेर जग्गा नामसारी गर्न २०८१ मंसिर २१ गते मालपोत कार्यालय पुगेका थिए । तर, उक्त जग्गा ऋणी यादवले रामग्राम नगरपालिका–६ का रामअवध तेलीलाई २०७८ साउन २२ मा नौ लाखमा राजीनामा पास गरेर दिएको पाइएपछि रोक्का जग्गा पास भएको रहस्य खुलेको हो । मालपोत कार्यालयको गंभिर त्रुटिका कारण रोक्का रहेको जग्गा पास भएको रहस्य खुलेपछि अहिले तत्कालीन कर्मचारीहरुलाई बोलाएर कार्यालयले सोधपुछ गर्न थालेको छ । यससम्बन्धमा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत दामोदर भण्डारीले कर्मचारीको त्रुटिका कारण समस्या आएकाले तत्कालीन कर्मचारीहरुलाई बोलाएर त्यस विषयमा सोधपुछ भइरहेको बताए ।

जग्गा रोक्का रजिष्ट्रर किताबमा भूलवस ऋणीको थर चढाउँदा त्रुटि हुन गएको भण्डारीले बताए । रोक्का किताबमा जग्गाको क्षेत्रफल, कित्ता नम्बर, रसिद नम्बरलगायतका विवरण दुरुस्त रहेपनि ऋणीको नाम ‘विव्रmमप्रसाद यादव हुनुपर्नेमा ‘विव्रmम केवट’ चढाइएकाले अहिले समस्या आयो । ’ प्रमुख मालपोत अधिकृत भण्डारीले भने । रोक्का किताबसँगै मोठ किताबमा पनि जग्गा रोक्का उल्लेख गर्नुपर्ने थियो । तर, पहिला मोठ किताबमा उल्लेख नगरेको र रोक्का किताबमा हेर्दा विव्रmम यादवको नाउँ नदेखेपछि जग्गा पास हुन गएको मालपोत कार्यालयले जनाएको छ । ‘अहिलेको जस्तो अनलाइन सिस्टम थिएन । त्यतिबेला रोक्का किताब हेरेर पास गर्ने गरिएको थियो । त्यसैले त्रुटि हुन गयो । ’ प्रमुख मालपोत अधिकृत भण्डारीले भने । १५ दिनअघि अदालतको फैसलासहित आएका श्रीवास्तवको नाउँमा जग्गा पास गर्ने व्रmममा कित्ता नम्बर र क्षेत्रफल भिडाउँदा अनलाइन मोठमा रोक्का देखिएकाले जग्गा पहिल्यै नै पास भएको देखिएको मालपोत कार्यालयले जनाएको छ ।

जग्गा रोक्का भएपछि मोठ किताब र लालपुर्जामा समेत रोक्का उल्लेख गरिन्छ । तर, ऋणीले नियत खराब राखी पुरानो लालपुर्जामा रोक्का देखिने भएकाले प्रतिलिपि निकालेको मालपोत कार्यालयले जनाएको छ । रोक्का किताबमा आफ्नो नाम नभएको चाल पाएका यादवले प्रतिलिपि निकालेको प्रमुख मालपोत अधिकृत भण्डारीको भनाई छ । यादवले २०७४ सालमा लालपुर्जाको प्रतिलिपि लिएको देखिएको छ । ‘ रोक्का किताबमा हेर्दा जग्गा रोक्का देखिएन, कर्मचारीले त्यसैको आधारमा प्रतिलिपि दिए । प्रतिलिपिकै आधारमा यादवले पटक पटक उक्त जग्गा राखेर ऋण लिएको र पछि फुकुवा गरेको देखिएको छ । ’ प्रमुख मालपोत अधिकृत भण्डारीले भने । लालपुर्जा प्रतिलिपिको आधारमा यादवले उक्त जग्गा पछिल्लो समय २०७८ साउन २० मा फुकुवा गरेका थिए । फुकुवा भएको दुई दिनमै यादवले उक्त जग्गा रामअवध तेलीलाई २०७८ साउन २२ मा राजीनामा पास गरेर दिएका हुन् । उक्त जग्गा २०७० सालमै दृष्टिबन्धकमा रहेको जानकारी हुँदा हुँदै यादवले कर्मचारीहरुलाई समेत गुमराहमा राखेर गलत नियतका साथ पटक पटक लेनदेन गरेको प्रमुख मालपोत अधिकृत भण्डारीको भनाई छ । यादवको एक वर्षअघि मृत्यु भइसकेको छ ।

कानुनी प्रकृयामा जाँदा उक्त जग्गा प्रकरणमा कर्मचारीहरुकै कमजोरी देखिने र कारबाही हुने देखिएको छ । तर, मालपोत कार्यालयले भने व्यवहारिक रुपमा साहु, जग्गाधनीका परिवार, जग्गा खरिद गर्ने व्यक्ति र जनप्रतिनिधिलाई बोलाएर समस्या समाधान गर्न छलफल कार्य अघि बढाएको बताइएको छ । जग्गा पास हुन नसकेपछि दृष्टिबन्धकबाट ऋण दिएका साहु श्रीवास्तवलाई पाउनु पर्ने रकम दिलाउनका लागि छलफल भइरहेको एक कर्मचारीले बताएका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्