Thursday, January 16, 2025
घरसमाजपरराष्ट्र सम्बन्धमा चुनौतिको पहाड भएपनि राम्रो अवसरः पूर्वराजदुत दीपकुमार उपाध्याय

परराष्ट्र सम्बन्धमा चुनौतिको पहाड भएपनि राम्रो अवसरः पूर्वराजदुत दीपकुमार उपाध्याय

- Advertisement -spot_img

काठमान्डाैं, भदाैं २ । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल—भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गर्नुभएको छ । 

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल—भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग काठमाडौंमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणा इमान्दारिताका साथ प्रयास गर्नुभए सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताउनु भयो । नेपाल—भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको बताउनु भयो । समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने बताउनु भयो । उहाँले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिनुभयो । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताउनु भयो ।

सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई सुझाव दिनुभयो । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वाता एवं छलफल गर्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्